जिल्ला सल्यान, दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव-इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव-इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि २०७६।०२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका वखत पेश गरेको Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरी राष्ट्रसेवकको ओहदामा बहाल रही आफूलाई लाभ वा सुविधा पाउने उद्देश्यले Diploma in Civil Engineering को शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको देखिँदा निज विष्णु रोकाय उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ ।