कोभिड १९ को परीक्षण नगरीकन नक्कली रिपोर्ट दिएको तथा त्रि.वि. शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनाधिकृत रुपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको भन्ने समेत व्यहोराको उजुरीमा भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दा सम्मानित विशेष अदालतमा दर्ता भएको र धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक नारायण प्रसाद पौडेललाई सरकारी साक्षीका रुपमा पेश गरिएकोमा उक्त मुद्दाको वकपत्रका क्रममा नारायण प्रसाद पौडेलले अदालतसमक्ष प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी विनोद कुमार यादव भएको भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दामा मतियार भई काम गर्ने नारायण प्रसाद पौडेललाई उक्त मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयानको व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज नारायण प्रसाद पौडेलले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा मतियार भई कसुर गरेको हुँदा निज नारायण प्रसाद पौडेललाई ऐ. ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार विनोद कुमार यादवलाई हुने ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको आधा सजाय हुन मागदावी लिर्इ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।