सूचना अभियन्ता हरुको महासंघ विभिन्न कार्यक्रमका साथ २०० दिन पार गर्दै

- सूचनाकोहक डट कम का अधिकांश केन्द्रीय कमिटीमा

-


     deepak acharya    
     मंसिर १५ गते २०७९ मा प्रकाशित


सूचनाकोहक डट कम का संरक्षक उमिद बागचन्द अध्यक्ष र संचालक दीपक आचार्य उपाध्यक्ष रहेर सूचनाकोहकका लागि राष्ट्रिय महासंघ दर्ता भएको २०० दिन कटेको छ l यस महासंघ मा केन्द्रीय महासचिब सूचनाकोहक डट कम का संरक्षक अजय कुमार शाह रहनुभएको छ भने कोषाध्यक्ष मा पर्बत निबासी सूचनाको हक डट कमकी सूचना अधिकारि दुर्गा आचार्य रहनुभएको छ l सदस्यहरुमा सूचनाकोहक डट कम कि प्रधान सम्पादक पर्बत मोदी निबासी जागौ नेपाल आर टि आइ इन्टरनेशनल नेटवर्क कि अन्तराष्ट्रिय संयोजक इन्दिरा बस्नेत, लम्किचुहा नगरपालिका कैलालीका खगेन्द्र भट्टराई, नेपालगंजकि सरस्वति तिवारी , धनगढ़िका राजेश बागचन्द, कुलेश्वर काठमाडौं निबासी दुर्गा तिवारी रहनुभएको छ l महासंघ दर्ताको क्रममा सूचनाको हक डट कम का संचालक, सात प्रदेश ७७ जिल्ला र विदेशको २३ देशमा संगठन रहेको जागौ नेपाल राष्ट्रिय अभियान का केन्द्रिय अध्यक्ष, सामुदायिक सूचना समाज का केन्द्रीय अध्यक्ष आर टी आइ नेपालका केन्द्रीय संयोजक उत्कृष्ट सूचना अभियन्ता दीपक आचार्यले अब सूचनाको हकमा देखिएका बिकृति विसंगति हरुलाई समेत न्यूनीकरण गर्न डिमाण्ड साइडका सूचना माग कर्ता सप्लाई साइडका सूचना दिने सूचना अधिकारि कार्यालय प्रमुख र निर्यण गर्ने सूचना आयोगको त्रीपक्षीय सहमति सहकार्यबाट यो हकलाई मजबुत बनाउन तिर आफु र आफ्नो संगठन लाग्ने बताउनुभयो l

करिब ५ बर्ष देखि लुज फोरम को रुपमा संचालित सुचनाको हकका लागि रास्ट्रीय संजाल नाम परिबर्तन गरि सूचनाको हकका लागि रास्ट्रीय महासंघ मा दर्ता भएको हो । सातवटै प्रदेश र ७७ जिल्लामा संजाल रहेको अबस्थामा १२ वटा जिल्लामा जिल्ला संघ गठन गरि महासंघ गठन गरिएको हो ।

महासंघ दर्ताको दर्ता प्रमाण काठमाण्डौ का प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सूचनाको हकका अभियन्ता सूचनाकोहक डट कमका संचालक दीपक आचार्य संरक्षकद्वय उमिद बागचन्द र अजय शाहलाई दर्ता प्रमाण पत्र दिदै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष उमिद प्रसाद बागचन्द ले सूचानाकोहक मा आमुल परिबर्तन गर्ने बताउदै यसमा रहेका विकृतिलाई न्यूनीकरण गर्न समेत महासंघ लाग्ने बताउनुभएको थियो । छोटो समयमा नै महासंघले स्तरीय कार्यहरु गर्न सफल भएको छ l देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरि महासंघ अगाडी बढेको छ l