सबैका लागि खाना,नाना र छाना भन्ने चाहना सहित क्रियाशिल मानबसेवा आश्रम,बागलुङले शुक्रबार बागलुङ बजारमा भोजनका लागि भजन सन्ध्या कार्यक्रम संचालन गरेको छ।भजन गायक दिनेश बलम्पाकी मगर नेतृत्वको राष्ट्रिय परोपकार भजन संङ्कृतन समुहका कलाकारहरुले बिभिन्न लय तथा भाकामा संगितमय भजन प्रस्तुत गर्नु भएको थियो।सो अवसरमा टेक बहादुर क्षेत्री संगम तथा गुमा शर्माको समुहले स्थानिय भजन प्रस्तुतीकरण गर्नु भएको थियो।भजनमा नांच्दै तथा रमाउदै बिभिन्न महानुभावहरुले मानबसेवा आश्रमलाई सहयोग गर्नु भएको थियो।
सडक आश्रित मानवहरुको उध्दार,असहायको भोजनका लागि भजन सन्ध्यामा २० जनाले सहयोग अर्पण गर्नु भएको थियो। सहयोगी मनहरुमा रण बहादुर जिशी १८ हजार, साझा चौतारी युवा उध्धम सहकारी १८ हजार, कालिका भगवति गुठी १८ हजार, भुपेन्द्र बहादुर खत्रीले २० हजार सहयोग गर्नु भयो।
यसै गरी रम्नी मगर्नी १० हजार, मायादेवी महत ७ हजार, मैया घिमिरे ७ हजार, निरु जोशी श्रेष्ठ ७ हजार ५, शन्तु खड्का ७ हजार, धन कुमारी खड्का ७ हजार सहयोग गर्नु भयो। यसै गरी सृजना पाण्डे १० हजार ५ सय ५५, हिमाल पौडेल ३ हजार, गुणनिधी शर्मा ३ हजार ५ सय, धनकली पुन ७ हजार ५५, संगिता जिशी ५ हजार १ सय पचास, मिना बास्कोटा २ हजार १५,नारायण प्रसाद शर्मा ले ३ हजार ५ सय सहयोग गर्नु भयो।
अमृत प्रसाद कडेलले आश्रमको दिन भरीको बिशेष भोजन,डम्मर जिशीले बिहान दिउसोको खाजा तथा दिनेश शर्माले बिहानी खाजाका लागी सहयोग गर्नु भयो।
कार्यक्रममा मानबसेवा आश्रम,बागलुङकी अभियन्ता सुमिरा लामाले आश्रमको आय ब्यय प्रस्तुत गर्दै बागलुङमा भएका तथा भैरहेका कार्यहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।
सहयोगापेक्षी(बेसहारा, अशक्त,असहाय,अनाथ,अभिभावकविहिन,मानसिक तथा शारीरिक रूपमा कमजोर ) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानमा मानबसेवा आश्रम क्रियाशिल रहेको छ। गण्डकी तथा कर्णाली प्रदेश सहित गोरखा,पशुपतिक्षेत्र,मकवानपुर ,भरतपुर,बुटबल,झापा,बिराटनगर,बीरगन्ज लगायत सहयोगापेक्षी सडकआश्रित मानबमुक्त घोषणा भएका क्षेत्रहरु हुन।