भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङ लाई भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर

-


     सुचनाको हक     
     पौष ३० गते २०७८ मा प्रकाशित


स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भनी घुस/रिसवत लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्याङ्जा, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले नागरिकता बनाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.१,३५,०००।–घुस/रिसवतको रकम माग गरी लिएको पुष्टि हुन आई निज भिम बहादुर गुरङ र कुल बहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो रु. १,३५,०००।– (एक लाख पैँतीस हजार रुपैयाँ मात्र) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र घुस/रिसवतवापतको रु.१,३५,०००।– सेवाग्राहीलाई नै फिर्ता दिलाई पाउन साथै आरोपित वडाध्यक्ष भिम बहादुर गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसूरमा ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको छ ।