सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्ध

-


     सुचनाको हक     
     पौष १३ गते २०७९ मा प्रकाशित


सूचनाको हक र पारदर्शिता एक अर्काका परिपूरक र अन्तरसम्बन्धित विषय हुन् ‌। यी दुई बीचको अन्तरसम्बन्धलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छ –

१) सूचनाको हकले:

– सार्वजनिक अधिकारीलाई सूचनाको नियमित सार्वजनिकरण गर्न र नागरिकले नियमपूर्वक मागेको सूचना दिन बाध्य बनाएर ,

– नागरिकको सूचना माथिको पहुँच सुनिश्चित गरेर ,

– सूचनाको सहज प्रवाहका लागि प्रवत्ता तथा सूचना अधिकारीको व्यवस्था गरेर ,

– सूचनादाता ( whistle blower ) को संरक्षण गरेर , सरकारी निकायहरूमा पारदर्शिता सूनिश्चित गर्छ ।

२) पारदर्शिताले :

– सार्वजनिक निकायको कामकारवाही खुला र सबैले थाहा पाउने बनाएर ,

– सूचना माथिको नागरिकको सहज पहुँचको वातावरण बनाएर ,

– नागरिकलाई आफ्नो जिम्मेवारी र कर्तव्यको बोध गराएर ,

– नागरिक सचेतना र शसक्तिकरणको प्रवर्दन गरेर ,र

– नागरिकलाई प्रश्न गर्न सक्ने बनाएर , सूचनाको हकको सफल कार्यान्वयन गर्न योगदान पुर्याउछ ।

अतः सुचनाको हक पारदर्शी सरकारको अवस्थामा मात्र कार्यान्वयन हुन सक्छ भने पारदर्शिताबाट सूचनाको हक कार्यान्वयनको वातावरण मिल्छ । त्यसैले यी दुईमध्ये कुनै एकको अभावमा अर्को प्राप्ति हुन सक्दैन ।