प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिताश्री प्रजापिता ब्रह्माको नाम आज जन जनमा प्रसिद्ध हुँदै गइरहेको छ । सन् १९३७ देखि सन् १९६९ सम्मको ३३ वर्षको अवधिमा तपस्यारत रहेर वहाँले ‘सम्पूर्ण ब्रह्मा’ को उच्चतम स्थितिलाई प्राप्त गरेर आज पनि विश्वकल्याणको सेवा गरिरहनुभएको छ । वहाँद्वारा गरिएका असाधारण, अद्वितीय कर्तव्यका उदाहरण, सृष्टि–चक्रको ५ हजार वर्षको इतिहासमा कहीँ पनि भेट्न सकिंदैन । अल्पकालिक र आंशिक परिवर्तनको मान्यताहरुको भीडबाट हटेर वहाँले सम्पूर्ण र सर्वकालिक परिवर्तनको यस्तो शंखध्वनि गर्नुभयो जुन बढ्दाबढ्दै आज सातै महाद्वीपहरुमा व्यापक बनिसकेको छ । वहाँले कलियुगी सृष्टिलाई आमूल परिवर्तन गरेर यसलाई सतयुगी देवालय बनाउने ईश्वरीय योजना अनुसार परमपिता परमपिता परमात्मा शिवको भाग्यशाली रथ बन्नुभयो । जसरी हुसैन राजाको निकै शान थियो साथै उनी जुन घोडामा सवार हुन्थे उसको पनि शान कम हुदैनथ्यो । त्यस्तै जसरी सर्वशक्तिवान, सर्वज्ञ, सर्वरक्षक परमात्मा शिवको महिमा अपरम्पार छ त्यसरीनै जुन मानवीय रथमा ९ज्गmबल ऋजबचष्यत० सवार भएर वहाँले विश्व परिवर्तनको कर्तव्य गर्नुहुन्छ उनका पनि आभा अनि प्रतिभाको वर्णन पनि कम छैन । आखिर दादा लेखराजको जीवनमा यस्ता कस्ता खालका गुणहरु थिए र कुन प्रकारका विशेषताहरु थिए जस कारण भोलानाथ शिव परमात्मा वहाँमा आकर्षित हुनुभयो, वहाँको तनमा सन्निविष्ट हुनुभयो र विश्व परिवर्तन जस्तो असम्भव जस्तो कार्यको निमित्त बनाउनुभयो । आउनुहोस्, पिताश्रीको जीवन सागर अध्ययन गरेर केही गुण–मोती चुनौं—
पिताश्रीको दैहिक जन्म हैदरावाद (सिन्ध) मा एक साधारण परिवारमा भएको थियो । वहाँको शारीरिक नाम ‘दादा लेखराज’ थियो । वहाँको लौकिक पिता नजिकैको गाउँमा एक स्कूलको प्रधानाध्यापक हुनुहुन्थ्यो । दादा लेखराज आफनो विशेष बौद्धिक प्रतिभा, व्यापारिक कुशलता, व्यवाहारिक शिष्टता, अथक परिश्रम, श्रेष्ठ स्वभाव एवं जवाहरातको अचूक परखने शक्तिको कारण प्रसिद्ध जवाहरी बन्नुभयो । वहाँको मुख्य व्यापारिक केन्द्र कलकत्तामा थियो ।
भक्ति–भावना र नियममा पक्का
जवाहरातको व्यवसायको कारण पिताश्रीको सम्पर्क त्यस समयका राज परिवारहरुसँग निकै घनिष्ट हुँदै गयो । विपुल धन–सम्पदा र मान–प्रतिष्ठा पाएर पनि वहाँको स्वभावमा नम्रता, मधुरता र परोपकारको भावना बनिरह्यो । वहाँले कुनै पनि परिस्थितिमा, कुनै पनि प्रलोभनको वशिभूत भएर आफनो भक्ति–भावना र धार्मिक नियमहरुलाई छोड्नुभएन । दादा भक्ति–पूजा या गीता–पाठको समयमा आफ्नो घरमा भोजका लागि आमन्त्रित राजाहरु एवं धनाढ्य व्यापारीहरुलाई स्वागतार्थ समेत अरुलाई पठाउनुहुन्थ्यो तर आफ्नो नित्य नियम छोड्नु हुँदैनथ्यो । यसरी वहाँ दृढ प्रतिज्ञावान एवं नियममा पक्का हुनुहुन्थ्यो । वहाँले श्री नारायणको अनन्य भक्ति गर्नुहुन्थ्यो र उनको चित्र सधै आफूसँगै राख्ने गर्नुहुन्थ्यो ।
प्रभावशाली व्यक्तित्व र मधुर स्वभाव
दादा प्रभावशाली व्यक्तित्वका मालिक हुनुहुन्थ्यो । वहाँको मस्तिष्क उन्नत, शरीर सुडौल, मुखमण्डल कान्तियुक्त र ओठमा सदैव मुस्कान हुन्थ्यो । ९० वर्षको उमेरमा पनि उहाँ सीधा कमर बस्न सक्षम हुनुहुन्थ्यो, टाढासम्म स्पष्ट देख्न सक्नुहुन्थ्यो, सुस्त आवाज पनि सुन्न सक्नुहुन्थ्यो, पहाडमा चढ्नसक्नुहुन्थ्यो, बैडमिन्टन खेल्न सक्नुहुन्थ्यो र बिना कुनै सहारा हिड्नुहुन्थ्यो । उहाँ प्रतिदिन १८–२० घण्टा कार्य गर्नुहुन्थ्यो । यसबाट अन्दाज लगाउन सकिन्छ कि उहाँको जीवन कसरी संयम–नियम युक्त तथा स्वस्थ रह्यो होला ! आलस्य र निराशाले त उहाँलाई कहिल्यै स्पर्श पनि गरेन । राजकुलोचित व्यवहार, शिष्ट–मधुर स्वभाव र उज्जवल चरित्रको कारण वहाँको उच्च प्रतिष्ठा थियो । दादा स्वभावले नै उदारचित्त र दानी हुनुहुन्थ्यो । हैदरावादका प्रसिद्ध दानी ‘काका मुलचन्द आजवाला’ उहाँका चाचा हुनुहुन्थ्यो । दादा पनि उहाँको साथमै उनको बैठकमा पीडित मानिसहरुलाई बटुलेर खुब दान गर्नुहुन्थ्यो ।
अलौकिक जीवनको प्रारम्भ— दिव्य साक्षात्कारहरुद्वारा
दादाको व्यापारिक र पारिवारिक जीवन, लौकिक दृष्टिमा सफल एवं सन्तुष्ट थियो तर जब दादा लगभग ६० वर्षको हुनुहुन्थ्यो तब उहाँको मन भक्तितर्फ धेरै झुक्यो । उहाँ आफनो व्यापारिक जीवनबाट अवकाश लिएर ईश्वरीय मनन–चिन्तनमा लवलीन तथा अन्तर्मुखी हुँदै जानुभयो । अनायास नै एकपटक वहाँलाई विष्णु चतुर्भुजको साक्षात्कार भयो र उनले अव्यक्त शब्दमा दादासँग भने अहम् चतुर्भुज तत् त्वम्’ अर्थात् तपाई आफनो वास्तविक स्वरुपमा नारायण हुनुहुन्छ । केही समयपछि वाराणसीमा उहाँ आफनो एक मित्रको घरमा एक वाटिकामा जब ध्यान अवस्थामा हुनुहुन्थ्यो, तब उहाँलाई परमपिता परमात्मा ज्योतिर्लिङ्गम् शिवको साक्षात्कार भयो र उहाँले यस कलियुगी सृष्टिको अणु र हाइड्रोजन बमहरु तथा गृहयुद्ध र प्राकृतिक आपतहरुद्वारा महाविनाश भइरहेको देख्नुभयो । बाबालाई जतिबेला यो साक्षात्कार भयो त्यतिबेला अमेरिका र रुसले यस्ता बमका आविष्कार पनि गरेका थिएनन् । जब दादालाई यी साक्षात्कार भए, तब उहाँलाई प्रेरणा आयो कि अब व्यापारलाई समेटनु पर्छ । अतः दादाले कोलकत्तामा गएर आफना भागिदारसँग आफनो मनसाय दृढसंकल्पपूर्वक अवगत अवगत गराउनुभयो ।
परमपिता परमात्मा शिवको दिव्य प्रवेश
यसको केही दिनपछि, एक दिन जब दादाको घरमा सत्संग चलिरहेको थियो, तब दादा अनायास नै सभाबाट उठेर आफनो कोठामा गएर बस्नुभयो र एकाग्रचित्त हुनुभयो । तब उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण वृतान्त भयो । उहाँकी धर्मपत्नी र बुहारीले देख्नुभयो कि दादाको आँखामा यति लाली थियो कि जस्तो उहाँभित्र एक लालबत्ती जागिरहेको छ । दादाको कोठा पनि प्रकाशमय भएको थियो । तब नै एक आवाज माथिबाट आएको महसुस हुँदै गयो र यस्तो स्पष्ट आभास भयो कि दादाको मुखबाट दोस्रो कोही बोलिरहेको थियो । आवाजका शब्दहरु यस प्रकार थिए —
‘निजानन्द रुपं, शिवोहम् शिवोहम्
ज्ञान स्वरुपं, शिवोहम् शिवोहम
प्रकाश स्वरुपं, शिवोहम् शिवोहम ।’
फेरी दादाका नेत्र बन्द भए । केही क्षण पश्चात् जब उहाँका नयन खुले तब उहाँ त्यस कक्षमा आश्चर्यपूर्वक चारै तर्फ हेर्न लाग्नुभयो । जब उहाँसँग सोधियो कि उहाँले के देखिरहनुभएको थियो ! तब उहाँका मुखारविन्दबाट यि शब्द निस्किए –‘ त्यो को थियो ? एक लाइट थियो, एक माइट थियो । कुनै नयाँ दुनिया थियो । त्यसको धेरै पर, माथि केही ताराहरु जस्तै देखिन्थे र जब ती ताराहरु तल आउँथे कोही दैवी राजकुमार बन्दथे, त कोही दैवी राजकुमारी । त्यो लाइट माइटले भन्योे– एउटा यस्तै स्वर्णिम दुनिया तिमीले बनाउनु छ ।’ तर म यस्तो दिव्य दुनिया कसरी बनाउन सक्नेछु । त्यो को थियो । एक लाइट, माइट थियो ।
वास्तवमा दादाको तनमा परमपिता परमात्मा शिवले प्रविष्ट भएर ( निजानन्द रुपं ≥≥≥≥ ≥ ≥‚ यी महावाक्य उच्चारण गर्नुभएको थिए । उनले नै दादाको नयाँ दैवी सृष्टिको पुनस्र्थापनाको लागि निमित्त बन्ने निर्देशन दिनुभएको थियो । अब दादा परमात्मा शिवको साकार माध्यम बन्नुभयो । ज्योतिबिन्दु परमात्मा शिवब्रह्मालोकबाट आएर दादाको तनमा प्रविष्ट हुनुहुन्थ्यो र उहाँको मुखद्वारा ज्ञान एवं योगका यस्ता अद्भुत रहस्य सुनाएर जानुहुन्थ्यो जुन प्रायः लोप भएको सत्य गीताको ज्ञान थियो ।
परिस्थितिहरुले नै परमपुरुषलाई आह्वान गर्दछन्
एक समय सृष्टि इतिहासमा यस्तो आयो कि प्राय देश–विदेशमा प्रायः मानिसहरुको यस्तो दशा बनेको थियो कि उनीहरु माँस, मदिरा इत्यादिको खुब सेवन गर्दथे । नारीको तिरस्कार हुन्थ्यो । पुरुष वर्गले नारीलाई विषय–वाषनाको नै गुडिया मान्दथे । वास्तवमा संसारभरमा मानिसहरु काम–क्रोधादि विकारहरुको वशीभूत थिए र यसलाई स्वाभाविक जीवन मान्दै आएका थिए । दैवी सम्पदा प्रायः मेटिइसकेको थियो र आसुरी सम्पदाको वर्चस्व थियो । अतः परमपिता परमात्मा शिवले धर्म–ग्लानिको यस्तो समयमा दादालाई निमित्त बनाएर विश्वमा सदाचार, निर्विकारिता एवं पवित्रता अर्थात् दैवी सम्पदाको पुर्नस्थापनाको कार्य शुरु गर्नुभयो । दादाले परमपिता शिवद्वारा बताइएका नियम पालन गर्नमा सबैभन्दा अगाडि हुनुभयो ।
दादाको मुखद्वारा परमपिता शिवले बताउनुभयो कि सबै दुःख, अशान्ति एवं समस्याहरुको मूल जड देह–अभिमान एवं छ मनोविकार— काम, क्रोध, लोभ, मोह, अहंकार र आलस्य हुन् । अतः यी विकारहरुमाथि विजय पाउनु जरुरी छ । त्यसैले हरेकले आहार–विहार, सङ्गत इत्यादिलाई सात्विक बनाउनको लागि भनियो तथा यो पनि बताइयो कि विश्व एक अभूतपूर्वक चारित्रिक संकटको दौरमा गुज्रीरहेको छ, त्यसैले अब सबैले ब्रह्माचर्यको पालन अवश्य गर्नु छ । यसको बिना योगी बन्न अथवा
अन्य विकारहरु माथि पूर्ण विजय पाउनु असम्भव छ । यस शिक्षाका कारण केही भोगी व्यक्तिहरुले सोचे कि हामीबाट भोग विषय छिनिदैछ । उनीहरुको हृदय विदीर्ण भएर आयो । फलस्वरुप उनीहरुले विरोध गर्न थालें । दादाको भवनलाई पनि आगजनि गर्ने दुःस्प्रयास भयो । हर प्रकारले वाधा बन्धन पारियो । ति विचराहरुलाई के थाहा कि यो वाणी दादाको नभएर पतित–पावन परमपिता परमात्मा शिवले नै दादाको तथा विश्वका हर नर–नारीलाई स्वयं यो आदेश दिइरहनुभएको थियो र आखिर सर्वशक्तिमानको कल्याणकारी कार्य कसैले रोकेर रोकिने वाला थिएन । अतः धेरैको कडा विरोध र रुकावटका बावजुद पनि प्रभुसँग सच्चा लगन वालाहरु त्था पवित्रताप्रेमी नर– नारी प्रतिदिन सत्संगमा आइरहे ।
मरजीवा जन्म भए पश्चात उनको नाम— ‘प्रजापिता ब्रह्मा’
पिताश्रीले विरोध गर्नेहरुप्रति पनि घृणा गर्नुभएन बरु उनीहरुप्रति पनि कल्याणको भावना कायम राख्नुभयो । वहाँले सबै प्रकारका कडा आलोचना सहन गर्दै विरोधीहरुको सामना गर्नुभयो तर परमात्माको आदेशको पालन गर्नमा कुनै कसूर राख्नु भएन । यो नयाँ आध्यात्मिक जीवन प्रारम्भ हुँदा अथवा मरजीवा जन्म हुना साथै परमपिता परमात्मा शिवले दादालाई नाम दिनुभयो – ‘प्र्रजापिता ब्रह्Þमा’ । उनको मुखारविन्दद्वारा ज्ञान सुनेर पवित्र बन्ने पुरुषार्थ गर्ने नर–नारी क्रमशः ‘ब्रह्माकुमार’ र ‘ब्रह्माकुमारी’ भनिन थाले ।
प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको स्थापना
पिताश्रीले श्रेष्ठ पुरुषार्थ गर्ने कन्या एवं माताहरुको नै एक ट्रस्ट बनाएर आफनो सम्पूर्ण चल एवं अचल सम्पत्ति त्यस ट्रस्टको, मानव–मात्रको ईश्वरीय सेवामा समर्पित गरिदिनु भयो । यस प्रकार, सन् १९३७ मा ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ को स्थापना भयो । लगभग १४ वर्षसम्म ईश्वरीय ज्ञान तथा दिव्य गुणहरुको धारणाको र योग स्थित हुने निरन्तर अभ्यास गरे पश्चात अर्थात् तपस्या गरेर खारिएपछि, सन् १९५१ मा जब यो ईश्वरीय विश्व विद्यालय आबू पर्वत (राजस्थान ‚ मा स्थानान्तरित भयो तबदेखि लिएर अहिलेसम्म ‘ब्रह्माकुमारी’ र ‘ब्रह्माकुमार’ भाइ–बहिनीहरु समग्र विश्वको ईश्वरीय सेवामा संलग्न छन् ।
सन् १९६९ मा पिताश्रीले पार्थिव शरीरलाई त्यागेर सम्पूर्णता प्राप्त गर्नुभयो । उहाँको अव्यक्त सहयोगबाट ईश्वरीय सेवाहरु पहिले भन्दा पनि द्रुत गतिसँग बढ्यो जो आज विश्व भरिमा १४० देशहरुमा फैलिसकेको छ । सूक्ष्म रुपमा आज पनि ब्रह्माबाबाले हर बच्चालाई आफ़नो साथको अनुभव गराउँदै कदम–कदममा सहयोग, स्नेह र प्रेरणा प्रदान गरिरहनुभएको छ । बाबाको अव्यक्त हुनु आफ़नो कोठा या वस्त्र फेरे जस्तो मात्रै सबैलाई अनुभूति हुन्छ । साकार लोक भन्दा पर सूक्ष्म लोकमा उहाँको वास छ र साकार शरीरको स्थानमा आकारी फरिश्ता रुपमा उहाँले नित्य नै बच्चाहरुसँग मिलन गरिरहनुहुन्छ । एक छत्रछाया बनेर बच्चाहरुलाई निरन्तर सुरक्षाकवच प्रदान गर्ने वाला पिताश्री जीलाई उहाँको ५४ औं पुण्य तिथिको अवसरमा शत्–शत् नमन !