अस्ट्रेलीयानिवासी नेपालीले पाए सनातन संस्कृतिको ओम् शान्ति सन्देश !

-


     सुचनाको हक     
     माघ ७ गते २०७९ मा प्रकाशित


अस्ट्रेलीयामा रहनुहुने नेपालीहरुमा आध्यात्मिक सशक्तिकरण गर्ने उद्येश्यका साथ, त्यहा रहनुहुने नेपालीहरुको निमन्त्रणामा जनवरी महिनामा अस्ट्रेलीयाका विभिन्न शहरहरुमा “द रियल वेल्द अफ लाइफ” विषयक प्रशिक्षण कार्यक्रम ब्रह्माकुमारीजद्वारा विशेष गरेर नेपालकै प्रथम नेपाली  ब्रह्माकुमारी राजयोगिनी परिणीता दिदीको नेतृत्वमा एक महिनाको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । त्यहाका शहरहरुमा सम्पन्न भएका विविध  कार्यक्रमको विस्तृत समाचार र तस्विरहरु यसै इ-पत्रमा एटेच गरिएको छ । समाचार सम्प्रेषित गरिदिनुहुन हार्दिक अनुरोध छ ।

अष्ट्रेलियामा फैलियो सनातन संस्कृतिको ओम् शान्ति सन्देश !

मातृभूमि नेपालदेखि टाढा रहेर अष्टेलियालाई आफ्नो कर्मभूमि बनाउनुभएका नेपालीहरुलाई देशको संस्कृति र आध्यात्मिकताको पुनर्ताजगी गराउँदै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपालका निर्देशक प्रथम नेपाली ब्रह्माकुमारी राजयोगिनी परिणीता दिदी ज्यू एवं महासचिव राजयोगी ब्रह्माकुमार शैलेष ज्यू !

२९ डिसम्वर २०२२ मा अष्ट्रेलियाको लागि प्रस्थान गर्नुभएका निर्देशक र महासचिव ज्यूले ३ जनवरी २०२३ देखि अष्ट्रेलियाको क्यान्बेरा, वागा वागा, सिड्नी, सेन्ट्रल कोस्ट, मेलबर्न, एडिलेड, होबार्ट र ब्रिस्बेन गरेर जनवरी २० तारिखसम्म हजारौं नेपालीहरुसँग स्नेह मिलन एवं आध्यात्मिक ज्ञान चर्चा गर्नुभएको छ । वहाँहरु अष्ट्रेलियाका विभिन्न राज्य एवं शहरहरुमा विशेष आध्यात्मिक कार्यक्रमका साथ खास नेपाली आमा बुवा दाजु भाइ दिदी बहिनीहको ईश्वरीय पालनामा अनवरतरुपमा लागिरहनुभएको छ ।

२०२३ जनवरी ३ मा राजधानी क्यानबेरामा अष्ट्रेलियाका लागि नेपाली राजदुत माननीय कैलाश राज पोख्रेल ज्यूसँग राजदूतावासमा भएको स्नेह मिलन पश्चात् ईश्वरीय उपहार समेत प्रदान गर्ने कार्यक्रम रहेको थियो ।

दक्षिण अष्ट्रेलियाको एडिलेडमा ओस्मोन्ड टेरेस, नरवुडमा भएको मुख्य कार्यक्रम ”द रियल वेल्थ अफ लाइफ“ पश्चात् दक्षिण अष्टेलिया एडिलेडका लागि नेपालका महावाणिज्यदूत माननीय दिपक धमला ज्यूले दुवै प्रभुरत्नहरुलाई विशेष अभिनन्दन गर्नुभएको थियो ।

त्यस्तैगरी गैर आवासीय नेपाली महासंघ ९ल्च्ल्ब्० दक्षिण अष्ट्रेलियाका प्रमुख आदरणीय रेनुका लामा ज्यूले समेत खुल्ला हृदयले वहाँहरुलाई स्वागत अभिनन्दन गर्नुभएको थियो ।

सोही क्रममा क्यान्बेराको नेपाली कम्युनिटी, वागा वागाको नेपाली कम्युनिटी र ग्लीनवुड वेस्ट्रन सिड्नीका नेपाली र भारतीय कम्युनिटीसँग अलग अलग भेटघाट एवं ज्ञान चर्चा भएको थियो । यसै दौरान एडीलेडमा रहनुहुने अध्यात्मप्रेमी नेपाली दाजु भाइ दिदी बहिनीहरुसँग ज्ञान चर्चा गर्ने क्रममा नेपालीहरुको उत्साहजनक उपस्थितिले गर्दा उहाँहरुले स्वयं नेपालमा नै भएको जस्तो अनुभूति व्यक्त गर्नुभएको थियो ।

 नेपालकै पहिलो नेपाली ब्रह्माकुमारी एवं पश्चिम नेपालको ब्रह्माकुमारीजका निर्देशक श्रद्वेय परिणीता दिदीले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित म र मेरो भूमिकाको सत्य सम्भावनाको खोजी विषयक कार्यक्रममा प्रवचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्टिकोणका साथ निःस्वार्थ रुपमा निरन्तर सेवाभाव प्रदर्शन गरी सबैलाई आफ्नो सेवा प्रदान गर्न सकिंदा यसले स्वतः स्फूर्त रुपमा देवत्वकरण गराउने बताउनुभयो । सूर्य, चन्द्रमा, आगो, पानी, हावा आदिलाई आफ्नो भनाइको उदाहरणको रुपमा पेश गर्दै यी सबैले आ–आफ्नो धर्म अनुरुप सबैलाई समान रुपमा निरन्तर सेवा प्रदान गर्नुकै परिणाम यी सबैलाई हामीले देवताको रुपमा पूज्ने गरेको बताउनुभयो । परिवार, समाज एवं हरेक क्षेत्रमा एक अर्कामा व्यापार भाव प्रदर्शन गरिनाले भौतिक सम्पन्नताको बाबजूद पनि सुखमय जीवन यापनबाट सबै बन्चित हुन परेको बताउँदै परिणीता दिदीले सुख प्राप्तिका लागि प्रेमभाव र आत्माउन्मुख अनिवार्य शर्त भएको बताउनुभयो । बुद्वभूमि र तपोभूमि नेपाल छोडेर आएको भएतापनि मेलबर्नमा आयोजित कार्यक्रमको वातावरणका कारण नेपालमा नै रहेको अनुभूति व्यक्त गर्नुभएकी परिणीता दिदीले उपस्थित सबैलाई केही समय ध्यान गराउनु भयो ।

वरिष्ठ राजयोग प्रशिक्षक एवं ब्रह्माकुमारीज नेपालका महासचिव राजयोगी शैलेष राज बराल ज्यूले प्रवचन दिने क्रममा सुख गन्तव्य नभएर दैनिक जीवनचर्याको अभिन्न अंग बनाइनुपर्ने र विश्वका करिब ७ अर्ब मानिसमा हरेक व्यक्ति बाँकी सबैसँग बिल्कुलै फरक हुने भएका कारण प्रत्येक व्यक्ति विेशेष उद्देश्यका लागि परमात्माद्वारा पठाइएकोले त्यो उद्देश्य प्राप्ति जीवनको उद्देश्य बनाइनाले सुखमय जीवन सम्भव हुन सक्ने बताउनुभयो । वहाँहरु ब्रह्माकुमारीजमा लामो समयदेखि आवद्व हुनभएका सदस्यज्यूहरुको निवास गृहमा समेत पुुगी आत्मियता प्रकट गर्नुभयो ।

नेपालकै प्रथम ब्रह्माकुमारी परिणीता दिदी विदेशभूमिमा सनातन संस्कृतिको ध्वज फहराउन सफल ब्रह्माकुमारीजको तर्फबाट पुनः प्रथम नेपाली ब्रह्माकुुमारी बन्नुुभएको छ । अध्यात्म, संस्कृति र दर्शनको क्षेत्रमा राष्ट्रबाट विशेष सम्मान प्राप्त गरिसक्नुुभएकी दिदी परिणीता ज्यूले अष्ट्रेलियामा रहने हजारौं नेपालीहरुलाई समसामायिक विषयवस्तु जस्तै आध्यात्मिक प्रविधिद्वारा दक्ष जीवनमा बढोत्तरी, सम्बन्धको सुमधुरताद्वारा श्रेष्ठ संस्कृतिको निर्माण जस्ता प्रशिक्षणको माध्यमबाट नेपाली मनहरुको आशीर्वाद यतिवेला कमाइरहनुभएको छ ।

ब्रह्माकुमारीज अष्ट्रेलिया टिमको विशेष आयोजनामा नेपालीहरुको आध्यात्मिक सेवार्थ आह्वान गरिनुभएका दिदी परिणीता ज्यू र ब्र.कु शैलेष ज्यू जनवरी २९ तारिखमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरी नेपाल फर्किदै हुनुहुन्छ ।

ओम् शान्ति !