आपसी मिलेमतोमै नेपालमा धेरै भ्रष्टाचार हुँदै आएको छ । बागलुङ जिल्लाका सरोकारवालाले आपसी सम्बन्धमा दरार भएपछि र आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै उजुरी गर्ने गरेको बताएका छन् ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोगको पछिल्लो तथ्याङ्कलाई हर्ने हो भने अख्तियारमा परेका उजुरीमध्ये सीमित उजुरी मात्रै मुद्दामा रुपान्तर भएर अदालतमा जाने देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले बताए । “व्यक्तिगत रिसिइबी, बढुवा हुन थालेकालाई अख्तियारमा उजुरी दिनेको क्रमसमेत बढिरहेको छ, भ्रष्टाचार सानो ठूलो हुँदैन सानो गरे पनि भ्रष्टाचार हो ठूलो गरे पनि भ्रष्टाचार हो हामीले समानरुपमा अध्ययन तथा अनुसन्धान गर्छौं”, आयुक्त सिलवालले भने, “कतिपय उजुरीमा आफ्नो स्वार्थ पूरा नभएको, कमिसन नपाएको जस्ता रिसका कारण भ्रष्टाचारको उजुरी अख्तियारमा आउने गरेकोेसमेत अध्ययनका क्रममा देखिएको छ, तीमध्ये उपभोक्ता समितिमार्फत काम गरेका धेरै विकास निर्माणमा समस्या देखिएको छ ।” उनले कुनै भ्रष्टाचारीले पनि उन्मुक्ति नपाउने बताए ।
ADVERTISMENT
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार बागलुङमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अख्तियार कार्यालय पोखराका प्रमुख कोषहरी निरौलाले हाल नेपालमा २२ हजार ६२५ उजुरी परेकोमा १४ हजार उजुरी फछ्र्योट भइसकेको बताउँदै जम्मा १४१ उजुरी मात्रै अदालतमा पुगेको तथ्याङ्क राखे ।
उक्त तथ्याङ्कले कतिपय अवस्थामा मन नमिलेका कारण भ्रष्टाचारी करार गर्न थालिएको जस्तो देखिने निरौलाको तर्क रहेको छ ।