प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थायी घर भई हाल टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठानको गौमुखी गाउँपालिका-७ स्थायी घर भई हाल तारकेश्वर-११ बस्ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले तारेकेश्वर ११ शेषमतीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालि खोलेर ९ जना व्यक्तिहरुलाई जनही ५ लाख रुपैयाँ गरी ३१ लाख ९० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।