जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, मड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौ यस पटक देवघाट गाउँपालिकाको एक रिपोर्ट
तनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ पालिका । यस गाउँपालिकामा ५ वटा वडा रहेका छन् । नारायणी तट देखि चितवन वारी देवघाट गाउँपालिका रहेको छ गत स्थानिय चुनावमा तिल बहादुर थापा अध्यक्ष र भुवनसिंह गुरुङ उपाध्यक्षमा निर्वाचित भएका
छन् । पालिका भित्र २ वटा चार पाने मोटर रहेको छ भने २१ वटा मोटर साइकल र १ वटा स्कुटर खरिद भई संचालनमा रहेको पालिकाले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ ।
२१ वटा मोटरसाइकल मध्य पालिका अध्यक्ष तिलबहादुर थापाले लु ९१ प २१५४ र उपाध्यक्ष भुवन सिंह गुरुङले
गाउ कार्यपालिकाको कार्यालय
ग ९० प १६२ नम्बरको मोटरसाइकल जिम्मा लिएका छन् । कार्यालयमा रहेको ग १ झ ३१८ नम्बरको सरकारी जिप महेन्द्रा पिकअप पनि रहेको छ । यो जीप पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले चढ्ने गरेको कार्यालयका प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदीले बताएका छन् । उक्त पिकअप जीपले श्रावण देखि पुष मसान्त सम्म मात्र १८४० लिटर तेल खाएको रिचार्ज खर्च विवरण प्राप्त भएको छ । हालको मुल्यदर अनुसार ३ लाख १२ हजार रुपैयाँ हुन आउँछ २४ वटा सवारीको इन्धनमा कति खर्च गरे होलान् त्यसको विवरण खोज्न बाँकी नै छ
यस्तो छ तेहरो
सुविधा
त्यसका अलावा पत्रपत्रिका इन्टरनेट सुविधा शिर्षकमा ५ हजार, टेलिफोन तथा मोबाइल ४ हजार र अतिथि सत्कार सुविधा शिर्षकमा १० हजार खर्च यस्तै अनुगमन सुविधामा ९ हजार, समन्वय सहजिकरण सुविधा ७ हजार, गरी अध्यक्षले मासिक ५८ हजार ८०० रुपैयाँ नगद सुविधा लिने गरेको पालिकाले उपलब्ध गराएको सूचनामा जनाइएको छ । उपाध्यक्षले पनि मासिक ५८ हजार ८ सय रुपैयाँ सुविधा लिने गरेका छन् । त्यतिमात्र हैन प्रति बैठक भत्ता रु एक हजारका दरले बुझ्ने गरेका छन् भने हिड्डुल खर्च अर्थात् दैनिक भ्रमण भत्ता १८ सय रुपैयाँ अध्यक्षले १६ सय उपाध्यक्षले वडा अध्यक्ष
देवघाट गाउँ पालिकाका अध्यक्षको नाममा लु ११ प २१५४ नम्बरको मोटरसाइकल छ । प्रतिमहिना १० लिटर इन्धन लिन्छन् । इन्धन डिजेल हो कि पेट्रोल खुलाइएको छैन । डिजेलको मूल्य हिसाब गर्दा १५ हजार ३ सय पर्छ । यस्तै कार्यपालिका सदस्य र गाउँसभा पर्छ ।
पिकअप जीपले श्रावणदेखि पुष मसान्तसम्म मात्र १८४० लिटर तेल सापको खर्च विवरण प्राप्त भएको छ । हालको मुल्यदर अनुसार ३ लाख १२ हजार रुपैयाँ हुन आउँछ २४ वटा सवारीको इन्धनमा कति खर्च गरे होलान् त्यसको विवरण खोज्न बाँकी नै छ।
३ महिनामा ५ लिटर मोबिल लिन्छन् । त्यसको करिव ४ हजार पर्छ । उपाध्यक्षको पनि सुविधा यहि छ । त्यतिले पनि नपुगेर अध्यक्षले मासिक ७ हजार यातायात खर्च र उपाध्यक्षले १२ हजार यातायात खर्च लिने गरेको प्राप्त सूचनामा जनाइएको छ ।
सदस्यले दैनिक भ्रमण भत्ता १५ सय पाउने गरेका छन् ।
देवघाट गाउँपालिका जनप्रतिनिधिहरुले यातायात सुविधा नगदमा बुझेर पनि मासिक ९० लिटर इन्धन, मोटर साइकल लिएका छन् त्यस बाहेक महेन्द्रा जीपमा मासिक १८४० लिटर तेल इन्धन खर्च गरेको देखाइएको छ । यो त्रिपक्षीय सुविधा खर्च कानुन वमोजिम हो होइन भन्ने बारेमा राज्यका निकाय अख्तियार लगायतले छानविन गरी सत्य तथ्य बाहिर ल्याउन जरुरी देखिएको छ ।
पालिकामा हुने विकास खर्च भन्दा सामान्य खर्चको चित्र डरलाग्दो देखिन्छ । जनप्रतिनिधि जनताको सेवा गर्न गएको हुन् कि आफ्नै सुविधा भोग गर्न भन्ने बारेमा अब क्लिएर हुनु पर्छ । चुनावलाई महंगो बनाउने राज्यको ढुकुटी रित्याउने गरी हुने सुविधा खर्च कटौती गर्नु