सरकार परिवर्तन भएपनि नभएपनि सत्तापक्ष र विपक्षसंगको अबैध साँठगाँठमा देशभरका सार्वजनिक जग्गालाई भुमाफियाहरुको कव्जामा रहेको छ । विद्यमान सरकारी ऐन निर्देशन विपरित सार्वजनिक जग्गालाई आफुखुशी अतिक्रमण गरि विभिन्न होटल, रिसोर्ट चलाउदै आएका छन् ।
यसैबीच, नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नाम भजाउदै सिन्धुपाल्चोक क्षेत्र नम्बर १ स्थित सुकुटेमा व्यक्तीगत रुपमा सरकारी जग्गा कव्जा गरि अबैधधन्दानै चलाउदै आएको भेटिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल तनाव भयो भन्दै वा पार्टीभित्र कठिन निर्णय लिनुपर्दा एकाएक पुग्ने स्थलको रुपमा समेत परिचीत सो सुकुटे बिच रिसोर्टका मालिकले प्रचण्डकै नाम भजाउदै सरकारी जग्गाा अबैधरुपमा भोगचलन गर्दै आएको छ ।
उक्त रिसोर्ट ३० रोपनी सरकारी जग्गा मिचेर निर्माण गरिएसंगै शक्ती केन्द्रको आँडमा रिसोर्टभित्र र आसपास समेत अबैध प्रतिबन्धित कृयाकलाप समेत हुदै आएको स्थानीय बासिन्दाहरुले बताएका छन् । ३५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टका सञ्चालक सोलुखुम्बु जिल्ला स्थायी घर भएका महेन्द्रसिंह थापाले रिसोर्टको नाममा मात्र ३ रोपनी जग्गा उनको नाममा खरिद गरेको सरकारी रेर्कडमा उल्लेख छ । सिन्धुपाल्चोक जिल्ला मालपोत कार्यालयको श्रेस्तामा थापाको नाममा ३ रोपनी ६ आना ३ पैसा जग्गा रहेको भेटिएको छ ।
तर शक्ती केन्द्रको आँडमा ३० रोपनी सरकारी जग्गा भने दादागिरी देखाउदै कव्जामा लिएर रिसोर्टको नाममा अबैधधन्दा चलाउदै आएपनि सरकारी निकायबाट उनी माथी केही कारबाही गर्न सकेको छैन । थापाले स्थानीय बासिन्दाहरुको अन्तिम दाहासस्कार गर्ने ‘घाट’ समेत कब्जा गरेर व्यवसाय चलाउदै आएको छ । वर्षौंदेखि स्थानीयहरुले लास जलाउने घाटमा थापाले ‘बिच भलिबल’ खेल्ने मैदान बनाएका छन् । भने बाकी भागमा रिसोर्टमा आउने ग्राहकलाई राख्ने टेन्ट निर्माण गरेका छन् । सो रिसोर्टले ¥याफ्टिङ पनि सञ्चालन गर्दै आएको छ ।
¥याफ्टिङका लागि समेत विना अनुमति विना शुल्क सरकारी जग्गा प्रयोग गरेर पर्यटकमाथी समेत लुटधन्दा चलाएको आरोप लागेको छ । सुकुटेमा नदी किनारा र बनको जग्गा हडपेर रिसोर्ट बनाइएको भन्दै स्थानीयवासीले पटकपटक जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय चौतारा, साँगाचोक गढी नगरपालिका र वडा कार्यालयमा लिखित उजुरी गरेपनि सो उजुरीलाई ती निकायबाट कुनै कारबाही अगाडी बढाउने आँट गरेको छैन ।
रिसोर्ट सञ्चालक थापाले स्थानीय केही टोले गुण्डा र युवा र विद्यालयका शिक्षककालागि समेत आर्थिक प्रलोभनमा पारेर सो जग्गाको विरोधमा कुरा उठाउनेमाथी ‘जाई लाग्न’ समेत परिचालन गर्ने गराउने गरेको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ । भने सरकारी निकायले कारबाही गर्न खोजे राजनीतिक पहुँच देखाएर उल्टो कर्मचारीमाथी आक्रमण समेत गर्न लगाउने कार्य हुने गरेको स्थानीयहरुको आरोप रहेको छ ।
२५ वर्षदेखि विना अनुमति सरकारी जग्गा अतिक्रमण गरेर सञ्चालनमा रहेको सुकुटे बिच रिसोर्ट समेत सरकारी निकायमा दर्ता समेत नभएको बताइएको छ । पटकपटक सो अतिक्रमण गरेको जग्गाको विषयमा विगतमा विवाद आएपनि सञ्चालकले राजनीतिक पहुँच र आर्थिक चलखेल गरेर धम्काउदै आएको बताइएको छ ।
रिसोर्टले अहिले पनि जग्गा भोगचलन गरेवापत कुनै पनि निकायसंग भाडाकालागि सम्झौता भएको छैन । थापाले रिसोर्ट चलाउँदै आएको जग्गा बन र नदी बगरको पर्ने चौतारा साँगाचोक गढी नगरपालिकाले पनि स्वीकार गरेपनि कारबाही गर्न भने पछि हट्दै आएको छ । सो रिसोर्टमा गोप्य रुपमा सोही क्षेत्रका साँसद माधब सापकोटा (सुबोध) पुर्वसभामुख अग्नीप्रसाद सापकोटाको लगानी रहेको समेत स्थानीय बासिन्दाले बताएका छन् ।
सापकोटो परिवारकै साथ पाएकाले रिसोर्ट सञ्चालक थापाले सार्वजनिक जग्गा कब्जा गरी सञ्चालन गरेको बारेमा सरकारी निकाय मौन बसेको बताइएको छ । स्थानीय बासिन्दाले लिखित रुपमा उजुरी दिँदा पनि कारबाही नगुर्न र कारबाही गर्ने निकायमध्ये नगरपालिकाको जिम्मेवारी माओबादीको भएकाले पनि उनीमाथी कारबाही नहुने बताइएको छ ।
चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले घाटको केही भागमा उक्त रिसोर्ट रहेको स्वीकार गर्दै आएपनि सो रिसोर्टले कव्जामा लिएको जग्गा फिर्ता लिने बारेमा भने मौन बसेका छन् । भने उनले सो रिसोर्टले स्थानीयहरुसँग सहमति गरेरै प्रयोगमा ल्याएको भन्दै थापाको बचाउ गर्दै आएका छन् ।
रिसोर्टले प्रयोग गरेको जग्गाको विषयमा हेर्ने निकाय जिल्ला बन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समितिलाई थापाले मोटो रकमको थैली बुझाउदै आएको समेत भेटिएको छ । यसरी रकम लिदै दुवै निकाय मुकदर्शक बनेर उजुरीको निबेदनलाई फालेको समेत स्थानीयले बताएका छन् ।
रिसोर्टले विना अनुमति निर्माण गरेको संरचनालाई नदेखे झै गरेर जिल्ला समन्वय समिति बसेको छ । अहिले सो समितिका अध्यक्ष बनेका छन् बाह्रविसेकै बालकृष्ण श्रेष्ठ । उनी दिनदिनै त्यही बाटो भएर हिँड्छन् र सोही रिसोर्टमा गएर नास्ता पानी खाने गरेका छन् । तर उनलेनै जिम्मा पाएको समितिबाट अनुमति विना बनाएको संरचना भने अध्यक्ष श्रेष्ठले अहिले सम्म देखेका छैनन् ।
सरकारी जग्गा मिचेर रिसोर्ट सञ्चालन भएकोबारे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भने सो विषयमा अध्ययन भइरहेको बाहेक अन्य थप जवाफ केही दिन चाहादैन् । मापदण्ड भित्र नरहेका र सरकारी जग्गा उपभोग गरेका विषयमा अध्ययन अनुसन्धान भै रहेको छ, भन्दै सरकारी निकाय यसरी पन्छिदै आउनुले पनि सो सरकारी निकायमा रिसोर्ट सञ्चालक थापाले मोटो रकमको थैली बुझाउने गरेको आरोप लागेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका– ९, कदमबासमा पर्ने यो रिसोर्टले वडाध्यक्षलाई समेत खरिद गरेर राजनीतिक आडमा बन र बगर मिच्दै चलाएको सुकुटे रिसोर्टभित्र अनेकौं घटना समेत हुदै आएपनि प्रहरी प्रशासनबाट समेत केही कारबाही गर्न सकेको छैन । सो रिसोर्ट भित्र पटकपटक बलात्कार हुने गरेका घटना सार्वजनिक समेत भै सकेका छन् ।
लागुऔषधको समेत कारोबार हुने सो रिसोर्टमा पटकपटक लागुऔषधको विषयमा विवाद परि झगडा समेत हुने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । तर सो को जानकारी भने नभएएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ । गत असार १८ गते सो रिसोर्ट भित्र दुई युवती बसेको टेन्टमा बलात्कारको घटना भएको थियो ।
त्यो घटनालाई समेत भित्रभित्रै मिलाएको बताइएको छ । कुनै घटना भएमा रिसोर्ट सञ्चालक थापाले प्रहरी प्रशासनलाई राजनीतिक शक्तिको आँड देखाउँदै धम्काउदै आउने गरेको समेत पाइएको छ । सुकुटे बिच रिसोर्ट पछिल्लो समय लागुऔषध कारोबारदेखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट समेत बनेको छ । रिसोर्ट सञ्चालक थापाले घाट र सार्वजनिक जग्गा चलाएको स्वीकार गरेपनि सो जग्गा चलाउने अनुमति भने कहि कतै बाट नलिएको बताएका छन् ।