मुख्यमंत्री योजनामा हिनामिना गर्ने हरु कानुनको फन्दामा

-


     सुचनाको हक     
     फागुन ९ गते २०७९ मा प्रकाशित


मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६।०७७ मा दैलेख जिल्ला, गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दैलेख जिल्ला, गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र तत्कालीन सव-इञ्जिनियर नविन कुमार वि.सी.ले आपसी मिलेमतो गरी “निगालपानी रेग बगौरा सडक निर्माण योजना” सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाईछिपाई नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसूर गरेको देखिँदा निजहरुउपर ऐ. ऐनको दफा १९ उपदफा (२) बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।