लघुवित्तको गैरकानुनी हर्कत, महिलामाथी अमानविय व्यवहार र कुटपीट

-


     सुचनाको हक     
     फागुन १४ गते २०७९ मा प्रकाशित


रोशन कार्की

केही व्यक्ती र नेपाल राष्ट्र बैंकका कर्मचारीको साँठगाँठमा गरिव जनतालाई धनी बनाउने लोभ देखाउदै गाँउगाँउमा सञ्चाललनमा रहेका लघुवित्त कम्पनी गैरकानुनी तवरबाट सञ्चालनमा आउदाँ समेत नियमनकारी निकाय भने मौन बसेको छ । सुरुमा गरिवले गाँजेको परिवार गाँउको पत्ता लगाएर घरघरमै गई ऋण लिन गुलीया बचन प्रयोग गरी फसाँदै आएको लघुवित्त कम्पनीले ऋण दिएको २८ दिनदेखिनै महिलादेखि बालबालीकामाथी समेत अमानविय व्यवहार गरेर ऋण चुक्ता गर्न लघुवित्तका कर्मचारी घरघरमा जाने गरेको गुनासो पीडित महिलाहरुले गरेका छन् ।

लघुवित्तका कर्मचारीहरु रातको ९–१० बजेको समयमा ऋणीको घरभित्र प्रबेश गरेर अमानविय व्यवहार गर्ने गरेका कारण घर छोडेर हिड्न समेत परेको भन्दै दुःखेशो पोख्न एक पीडित समुह काठमाडौंसम्म आईपुगेका छन् । सोमबार काठमाडौमा भेला भएका पीडितहरुमध्ये अधिकाशं ऋणी महिलाहरुले अमानविय व्यवहार गरिएको, लिएको ऋण जति बुझाएपनि कहिल्यै चुक्ता नभएको, बचत गरेको रकम समेत बचतकर्तालाई जानकारी नदिएको जस्ता समस्याहरु बोकेर राजधानी काठमाडौं आईपुगेका पीडितहरुले बताएका छन् ।

सिराराबाट संघिय राजधानी काठमाडौं आईपुगेकी पीडित पुनमकुमारी महतोले भनिन्,‘पहिला गाँउगाँउमा आएर लोभ देखाएर ऋण दिए, सुरुमा १० हजार रुपैयाँ ऋण दिदा नै ६ सय ५० रुपैयाँ सेवा शुल्क भनेर कटाए, अनी विभिन्न शिर्षक देखाउदै पैसा कटाउदै हातमा ७ हजार रुपैयाँ दिए तर, २८ दिनमै व्याज र साँवा चुक्ता गर्न भन्दै अमानविय व्यवहार गरे, घरमा रातको ९/१० बजेसम्म बसेर दुःख दिदै आएका छन् ।’

‘निर्धन उत्थानका कर्मचारी मुकेश, खातुम म्याडमले आफ्नै लघुवित्तको किस्ता तिराउन आफ्नो पैसा मिटर ब्याजमा लगाउँछन्। पैसा तिर्न नसक्ने दिदीबहिनीलाई नाङ्गो पारेर पैसा असुल्छु भन्ने, जीउ बेचेर भए पनि तिर भनेर आतंकित पार्ने, र लिएकोभन्दा लाखौंको तमसुक गराउँछन्।’ – पुनम कु. महतो, सिराहा

यस्तै समस्या बोकेर श्यामकुमारी चौधरी, कुमारीदेबी काम्ते, सुनीता विक, दीलकुमारी कार्की, कमला मुक्तानलगायत एक दर्जनभन्दा बढी पीडित महिलाहरु अहिले गाउँ छोडरे काठमाडौं पसेका छन् । उनीहरु लघुवित्त र साहू–महाजनबाट लिएको ऋणको किस्ता तिर्न नसक्ने भएपछि घर छाडेर हिंडेको बताएका छन् ।

रौतहटकी दिलकुमारी कार्की भने मिटरब्याजीले फर्जी कागज बनाएको ठूलो ऋण चुक्ता गर्न लघुवित्त संस्थाकहाँ पुगेको बताइन्। ४ लाख ५० हजार ऋण लिएकोमा साहुकारले ४५ लाखको कागज गरिदिएपछि उनले त्यो चुक्ता गर्न ९-१० वटा लघुवित्तबाट ऋण लिइन्। तर साहुकार र लघुवित्तले अशुलीका लागि दिएको दबाब र यातना सहन नसकेर आफ्नी ११ वर्षीय छोरीले आत्महत्या गरेको उनले बताइन्।

ऋण घटाउन पीडितहरुले मिटरब्याजीबाट ऋण लिएर लघुवित्तको ऋण बुझाउदाँ समेत घट्नुको सट्टा झन बढ्दै गएको बताए । ऋण मात्र होइन, तनाव समेत बढाएको पीडितहरुको भनाई रहेको छ । लघुवित्तबाट सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्तिबाट पाइलैपिच्छे ठगिएका उनीहरुको परिवार नै तहसनहस भै सकेको अवस्थामा पुगेको छ ।

मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त, स्वावलम्बन लघुवित्त, फरवार्ड माइक्रो फाइनान्स, स्वदेशी लघुवित्त, समता घरेलु लघुवित्त, मेरो माइक्रो फाइनान्स, नयाँ सारथि लघुवित्त, विजय लघुवित्त, नेशनल माइक्रो फाइनान्स, नेरुडे लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नाडेप लघुवित्त, महिला लघुवित्त, साना किसान सहकारी र जनकल्याण सहकारीजस्ता लघुवित्तका कर्मचारीबाट विद्यमान ऐन कानुनलाई समेत लत्याउदै ऋणीमाथी अनाबश्यक दवाव दिदै आत्महत्याको बाटोमा जान बाध्य बनाएको समेत गुनासो पीडितहरुको रहेको छ ।

यसैगरी, आशा, इन्फिनिटी, छिमेक, निर्धन, फरवार्ड, महिला, ग्रामीण विकास, राष्ट्र उत्थान, नेशनल, स्वरोजगार, डिप्रोक्स, स्वदेशी, समता, नयाँ सारथि, किसान, साधना, नेरुडे नामक संस्थाले समेत ऋणीमाथी अमानविय व्यवहार गर्दै आएको बताए । राष्ट्र बैंकले भने लघुवित्तले ऋणीसँग १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने बताउदै आएको छ तर लघुवित्तले भने जतिसक्दो व्याज असुली गरि पीडितलाई घरबाट भाग्न बाध्य बनाउदाँ समेत राष्ट्र बैंक अझ लघुवित्तकै संरक्षणमा लागि रहेको छ ।मिटरब्याजीको ऋण तिर्न लघुवित्त, लघुवित्तको तिर्न मिटरब्याजीमा जानुपर्ने चक्रले ऋणको भुमरीमा गरिब

लघुवित्त संस्था र ग्राहक दुबै पक्षबाट गल्ती भएको बताउने राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल भने सो समस्या सवै मिलेर समाधान गर्न पर्छ भन्दै पन्छिने कार्यमा लागि रहेका छन् । पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाको कार्यशैली वाणिज्य बैंक जस्तो भएकाले समस्या समधान हुनेभन्दा पनि राष्ट्र बैंकले कारबाही नगर्दा झन बढ्दै गएको छ ।

यही विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा समेत लघुवित्तको ज्याददीभन्दा पनि पनि ऋण लिनेमाथी नै दोष थोपर्ने काम राष्ट्र बैंकका जिम्मेवार कर्मचारी लागि परेका देखिन्थे ।

सो अन्तरकृया कार्यक्रममा जिल्ला जिल्लाबाट आएका पीडितको समस्या सुने पनि सो समस्या समधान गर्नभन्दा पनि ऋण लिनेमाथी उल्टो दवाव दिने तबरबाट राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालको घुमाउरो उत्तर दिएका थिए । भने विभिन्न लघुवित्तका प्रमुखहरुबाट भने कर्मचारीबाट गल्ती भएको स्वीकारे पनि उनीहरुमाथी उजुरु गर्नु कारबाही गर्न तयार रहेको बताए । तर, लघुवित्तले गरेको ज्याददीमा भने मौन बसेका थिए ।