नागरिक चेतना बढ्दैछ मिलेमतोमा कागजमा मात्र काम गर्नेहरुका बिरुद्ध नागरिकले सूचना संकलन गर्दै छन्

- अभियन्ताको कारण कार्यकारी, समितिका पदाधिकारी, अनुगमन समिति, इन्जिनियर लगायत सबै कानुनि फन्दामा

-


     सुचनाको हक     
     फागुन १४ गते २०७९ मा प्रकाशित


जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका पदाधिकारीहरुले आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव-इन्जिनियर विकास खत्रीले ठुलीभेरी नगरपालिका वडा नं. ५, ६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल र कार्य सम्पन्न प्रतिवेदन र नापी किताव प्रमाणितसमेत गरी सोही प्रतिबेदनको आधारमा रु.३२,२९,२७२।७३ बढी भुक्तानी गरी गैरकानूनी लाभहानी लिने/दिने उद्देश्यले कार्य गरेको र निजहरुको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) वमोजिमको कसुर भएकोले निजहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर बसन्त रोकाया र सव-इन्जिनियर विकास खत्रीलाई उल्लिखित कसूरमा बिगो रु.३२,२९,२७२।७३ (बत्तीस लाख उन्नतीस हजार दुई सय बहत्तर रुपैयाँ त्रीहत्तर पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन एवं उल्लिखित बिगो  रु.३२,२९,२७२।७३ मध्ये रु.१९,८६,५७५।- बैंकमा जम्मा गरिसकेको देखिंदा बाँकी रहेको बिगो रु.१२,४२,६९७।७३ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन र फिल्डमा निर्माण भएको काम भन्दा बढी काम गरेको भनी गलत नापी किताव, अन्तिम विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी उक्त कार्य सम्पन्न प्रतिबेदन समेतलाई प्रमाणित गरी सोही अन्तिम विलको आधारमा बढी भुक्तानी गरेको देखिंदा निजहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, इन्जिनियर बसन्त रोकाया र सव-इन्जिनियर विकास खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ। 

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ५,६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चनले उक्त योजनामा नभएको कामसमेत भएको भनी नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरेको देखिन आएको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.३२,२९,२७२।७३ बढी भुक्तानी भएको देखिएको हुँदा निर्माण योजना निरीक्षण तथा अनुगमन समितिका सदस्यहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चनलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम सजाय हुन मागदाबी लिइएको छ।

साथै, ठुलीभेरी नगरपालिका वडा नं. ५, ६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही,  कोषाध्यक्ष सुना कामी र सचिव टोप वहादुर शाहीले उक्त जुफाल-माझफाल मोटरवाटो निर्माण योजनामा नगरपालिकासँग भएको शर्त एवं सम्झौता विपरित फिल्डमा कम काम गरी नभए नगरेको कामलाई भए गरेको भनी वास्तविक भए गरेको कामभन्दा रु.३२,२९,२७२।७३ बढी वदनियतपूर्वक भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको हुँदा निजहरुलाई रु.३२,२९,२७२।७३ (बत्तीस लाख उनानतीस हजार दुई सय बहत्तर रुपैया त्रिहत्तर पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी उल्लिखित रकममध्ये रु.१९,८६,५७५।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.१२,४२,६९७।७३ निजहरुबाट ऐ. ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ। 

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल तयार गरी रु.२०,३०,११९।५२ बढी भुक्तानीको लागि सिफारिस गरेको सोही नापी किताव र विलको आधारमा बढी भुक्तानी गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माण कार्यलाई शर्त तथा मापदण्डवमोजिम भएको हो भनी प्रमाणित गरी एवं झुट्टा विल भरपाईको आधारमा भुक्तानी लिने दिने कार्य गरी गैरकानूनी लाभहानी पुर्‍याउने वदनियतले कार्य गरेको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ग) र (ङ) वमोजिमको कसुर भएकोले निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई उल्लिखित कसूरमा बिगो रु.२०,३०,११९।५२ (वीस लाख तीस हजार एक सय उन्नाइस रुपैयाँ बाउन्न पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन र उल्लिखित बिगो रकम रु.२०,३०,११९।५२ मध्ये रु.१५,८७,६४७।- बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रकम रु.४,४२,४७२।५२ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन एवं फिल्डमा निर्माण भएको भन्दा अन्तिम विलमा बढी काम गरेको भनी गलत विल तयार गरेको र उक्त विललाई प्रमाणित गरी सोही अन्तिम विलको आधारमा रु.२०,३०,११९।५२ बढी भुक्तानीसमेत भएको देखिँदा निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव-इन्जिनियर शिवराज शाहीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको समेत कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीले वास्तविक कामभन्दा बढी काम भएको भनी नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरेको देखिएको सोही सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.२०,३०,११९।५२ बढी भुक्तानी भएको देखिएको हुँदा मोटरबाटो निर्माण योजना निरीक्षण तथा अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीलाई भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, ठुलीभेरी नगरपालिका वडा नं. ७ स्थित तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह कामी, कोषाध्यक्ष राज कुमारी शाही र सचिव ज्ञानेन्द्र विक्रम शाहीले नगरपालिकालाई नोक्सानी र आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने उद्देष्यले नगरपालिकासँग गरेको शर्त सम्झौता विपरीत नभएको नगरेको काम पनि भए गरेको भनी काम नै नगरी रु.२०,३०,११९।५२ बढी भुक्तानी लिई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई रु.२०,३०,११९।५२ (बीस लाख तीस हजार एक सय उन्नाइस रुपैयाँ बाउन्न पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी उल्लिखित रकममध्ये रु.१५,८७,६४७।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.४,४२,४७२।५२ निजहरुबाट ऐ.ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।

जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका प्रमुखले ठुलीभेरी नगरपालिका वडा नं. १ देखि वडा नं. ११ सम्मका वडा अध्यक्षसँगको मिलेमतोमा आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, ऐ. नगरपालिकाका तत्कालीन इन्जिनियर बसन्त रोकाया र ऐ.नगरपालिकाका तत्कालीन सवइन्जिनियर शिवराज शाहीले ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी रु.२२,८९,२६५।६८ बढी भुक्तानीको लागि सिफारिस गरेको सोही नापी किताव र कार्य सम्पन्न प्रतिबेदनको आधारमा बढी भुक्तानी गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माण कार्यलाई शर्त तथा मापदण्डवमोजिम भएको हो भनी प्रमाणित गरी एवं झुट्टा विल भरपाईको आधारमा भुक्तानी लिने दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ग) र (ङ) वमोजिमको कसुर गरेको हुँदा निजहरु तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीलाई उल्लिखित कसूरमा बिगो रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय हुन एवं बिगो रु.२२८९२६५।६८ मध्ये रु.१९,११,५८३।- बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(१) बमोजिम असुल उपर हुन एवं फिल्डमा निर्माण भएको भन्दा अन्तिम विलमा बढी काम गरेको भनी गलत अन्तिम विल नापी किताव र कार्यसम्पन्न प्रतिबेदन तयार गरेको र प्रमाणित गरी सोही अन्तिम विल र कार्य सम्पन्न प्रतिबेदनको आधारमा रु.२२,८९,२६५।६८ बढी भुक्तानीसमेत भएको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम समेत सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले वास्तविक कामभन्दा बढी काम भएको भनी भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन पेश गरी सिफारिससमेतको आधारमा नगरपालिकाबाट उक्त योजनालाई रु.२२,८९,२६५।६८ बढी भुक्तानी भएको देखिन आएकोले निजहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले भष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

साथै, ठुलीभेरी नगरपालिका डोल्पाबाट ठुलीभेरी नगरपालिका वडा नं. ८ स्थित घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले ठुलीभेरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने र आफूहरुले गैरकानूनी लाभ लिने उद्देश्यले नगरपालिकासँग गरेको सम्झौता विपरीत थोरै कार्य गरी बढी कार्य गरेको भनी कामै नगरी रु.२२,८९,२६५।६८ बढी भुक्तानी लिई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिएकोले उक्त रकम रु.२२,८९,२६५।६८ (बाइस लाख उनाननब्बे हजार दुई सय पैसठ्ठी रुपैयाँ अठसठ्ठी पैसा) बिगो कायम गरी निजहरुलाई सोही ऐनको दफा ८(४) वमोजिम सजाय गरी उल्लिखित बिगो रकममध्ये रु.१९,११,५८३।- निजहरुले बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी रहेको बिगो रु.३,७७,६८२।६८ निजहरुबाट ऐ. ऐनको दफा ८(४) बमोजिम जफत हुन मागदाबी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।