रमेश विसी
नेपाली जुत्ता चप्पलमा स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले फुटवेयर जोन स्थापना गर्न लागिएसंगै फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालभित्र अहिले व्यापक विवाद उत्पन्न नभएको बताइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनको सहकार्यमा दक्षिणकाली क्षेत्रमा ६ सय रोपनीभन्दा बढी जग्गामा फुटवेयर जोन बनाउने सहमती भएसंगै जग्गा खदिर बिक्रीमा सो संघभित्रका केही जिम्मेवार पदाधिकारीहरुले अबैधधन्दा नै चलाएसंगै विवादले उग्र रुप लिएको बताइएको छ ।
दक्षिणकाली फुटवेयर जोनमा पूर्वाधार निर्माण गर्न टेन्डर प्रक्रिया सुरु भएसंगै जग्गा खरिदको समेत काम सुरु भएको थियो । फुटवेयर जोनका लागि सरकारले पाँच करोड बजेट रुपैयाँ समेत २०७६ मै विनियोजन गरेको थियो ।
पहिलो चरणमा दुई रोपनी जग्गा उद्योगीको नाममा आइसकेको बताइएपनि पछिल्लो समयमा सो जग्गाको नामो निशान अहिले छैन । भने सरकारले दिएको ५ करोड रुपैयाँ जुत्ता संघका केही पदाधिकारीहरुको मिलिमतोमा खर्च गरि सकेको समेत आरोप लागेको छ ।
थप एक सय रोपनी जग्गाको स्वामित्व लिने प्रक्रिया तत्कालिन समयमा अन्तिम चरणमा पुगेको बताइएको भएपनि अहिले सम्म सो क्षेत्रमा केही काम भएको छैन । सबै जग्गा लिइसकेपछि पूर्वाधार बनाउन सुरु गर्दा समय लाग्ने भएकाले स्वामित्वमा आइसकेको जग्गामा पूर्वाधारको काम सुरु गर्ने र अरु जग्गा खोज्ने सहमति समेत गरिएको थियो ।
३ वर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योग फुटवेयर जोनमा राखिने बताएपनि अहिले सो क्षेत्रमा केही काम भएको छैन । जोनमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना गर्ने योजना बनाइएको थियो ।
पछिल्लो समय जुत्ताचप्पलमा नेपाल आत्मनिर्भर उन्मुख भएको र स्वदेशी उत्पादनले बजारको ६५ प्रतिशत माग धानेको बताउदै जुत्ता संघका पदाधिकारीले सरकारी निकायमा भ्रम समेत फैलाएर सो रकम विनियोजन गर्न लगाउन व्यवसायीहरु सफल भएका थिए ।
तर, ‘धन देखेपछि महादेबको पनि तीन नेृत्र’ भने झै पुराको कार्य समितिको समय सकिएसंगै नयाँ अध्यक्षको नेतृत्वमा सो संघ गएसंगै फुटवयर जोन बनाउने भन्दा पनि विभिन्न अनाबश्यक योजना बनाएर रकम हत्याउने खेलमा लागेको बर्तमान कार्यसमितकै एक सदस्यले तीव्रखबरको भेटमा दुखेशो पोखो छन् ।
तत्कालिन अध्यक्ष रवीन श्रेष्ठको पालामा सो क्षेत्रमा फुटवयर जोन बनाउने भन्दै रकम विनियोजन गर्न लगाईएको थियो । तत्कालिन समयमा जग्गा किनबेच हुदाँ किनबेच भएकोबाट प्रति आना १ लाख रुपैयाँ संस्थाको खातामा जम्मा गर्ने समेत सहमती गरिएको थियो ।
सोही सहमती अनुसार ३ रोपनी जग्गाको किनबेचबाट संस्थाको खातामा पैसा जम्मा भएको तर नयाँ कार्य समितिको मिलमतोमा सो रकम दुरुपयोग गरेको समेत ती सदस्यले नाम गोप्य राख्ने सर्तमा बताएका छतन् ।
यसरी अहिले संसथाको नेतृत्व समेत जुत्ताचप्पलको कारखानानै नभएका व्यक्तीहरुले गरेका कारण संस्थाको खातामा भएको रकम समेत आफुखुशी खर्च गरेर हिनामिना गरेको आरोप ती सदस्यको रहेको छ ।
यसरी नेपाली जुत्ताचप्पल उत्पादनको नाममा भारत र चीनबाट चोरी पैठारी गरि नेपाल भित्राएका सामानलाई नेपाली उत्पादनको नाममा बिक्री गर्दैै आएहरुले सो जोन बनाउने भन्दा पनि अबरोध सृजना गर्दैै आएको समेत आरोप लागेको छ ।
जुत्ताचप्पल कारखाना भएका एकथरि व्यवसायीहरु सो जो बनाउन लागि परेका छन्, भने कारखाना नभएका अर्काथरि व्ययवसायी भने संस्थाको नाममा विभिन्न शिर्षक उपशिर्षक राखेर संस्थाको खातामा भएको रकम समेत आफुखुशी खर्च गर्दै अहिले संस्थानै धराशायी बनाएको आरोप हालको नेतृत्वकर्तामाथी लागेको छ ।
दक्षिणकाली जोनले जुत्तामा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न सकिने सरकारको विश्वास गरेको थियो । पछिल्लो समय जुत्ता उद्योग क्षेत्रमा आकर्षण अझ बढ्दो क्रममा रहेको खास उद्योगीले बताएपनि अहिले नेपाली जुत्ताचप्पलको उद्योगलाई भने चोरीपैठारी गरि गुणस्तहिन जुत्ताचप्पलमा नेपाली ब्राण्डको स्टिकर टाँसेर बिक्री गर्नेको कव्जामा गएको समेत केही व्यवसायीहरुको भनाई रहेको छ ।
सामान्यतयाः एक जोर जुत्तामा ५० देखि ५५ प्रकारका कच्चा पदार्थ प्रयोग हुने गरेको छ । अहिले ९० प्रतिशतसम्म कच्चा पदार्थ बाहिरबाट आयात भइरहेको छ । कच्चा पदार्थको उद्योग स्थापना हुन सकेको छैन ।
यसरी अधिकाशं व्यवसायीहरुले कच्चा पदार्थको नाममा तयारी जुत्ता चप्पल भन्सार कर्मचारीको मिलिमतोमा न्यून भन्सार मुल्याङकन गर्दै अबैधधन्दा चलाउदै आएको समेत भेटिएको छ ।