बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ

- झारफुक गरि उपचार गर्ने पक्राउ पर्ने तर बिरामी मर्दा डाक्टर पक्राउ नपर्ने

-


     सुचनाको हक     
     फागुन २२ गते २०७९ मा प्रकाशित


झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन्

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ ।

रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ ।

कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्ने

सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ गरेको हो ।

तर गलत इन्जेक्सनको कारण गलत औषधिको कारण बिरामी मर्दा डाक्टर भने अहिले सम्म पक्राउ परेका छैनन्

उनलाई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।