राष्ट्रिय सूचना आयोगले सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ ।
सूचना उपलब्ध नगराएको आरोपमा अधिकृत रेणुका शाहलाई कारबाही गरिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
अधिकृत शाहले सप्तकोसी नगरपालिका-११ निवासी कैलाश माझीले पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको आयोगको दाबी छ ।