वडाध्यक्षले सम्पत्ति सुद्धिकरणमा पर्ने डरले यसरी लुकाए सम्पत्ति

-


     सुचनाको हक     
     माघ ४ गते २०७८ मा प्रकाशित


चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काले आफु सम्पत्ति सुद्धिकरणमा पर्ने डरले अनेक व्यक्तिको नाममा सम्पत्ति लुकाएको फेला परेको छ । यसरी अधिकांश सम्पत्ती श्रीमती संगिता, सालो बिनोद, साथी राजेश श्रेष्ठ, कर्मचारी दीवाकर मर्हजनको नाममा राखेको खुलेको छ । अध्यक्ष खड्काले अबैधरुपमा जग्गा प्लटिङ गर्ने कार्यमा लेखापढी व्यवसायी शम्भु थापामगर, अमृत थापमगर र उद्धव नाम गरेका व्यक्तीले सहयोग गर्ने गरेको समेत पाईएको छ ।

चन्द्रागिरी नगरपालिकाभित्र जनप्रतिनिधिकै रोहवरमा सरकारी रकम दुरुपयोग भएको प्रमाण तीव्रखबरलाई प्राप्त हुनेक्रम जारी रहेको छ । ढिलागरि तीवखबरलाई प्राप्त कागजात अनुसार नापी र मालपोत कार्यालयमा सेटिङ मिलाई अबैध प्लटिङ धन्दा चलाउनेमा चन्द्रगिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले आफ्नै आफन्त र दलालहरु परिचालन गरेर सो धन्दा चलाउदै आएको आरोप लागेको छ ।

अध्यक्ष खड्काले नेकपा एमाले निकट केही आफ्नो कार्यकर्ता र अबैधरुपमा जग्गा प्लटिङ गर्ने दलालसंगको मिलिमतोमा उनले अबैध प्लटिङधन्दा चलाउदै आएको पाईएको छ । अध्यक्ष खड्काले आफु निकट केही कार्याकर्ता र प्लटिङ गर्ने दलाललाई केही महिना अघि बोलाएर ‘छिटोभन्दा छिटो जग्गाको सिफारीस लैजाउँ मेरो मिडियामा समाचार आईरहेको छ, भोलीका दिनमा मलाई समस्या पर्न सक्छ र मेरो कार्यकाल छोटो रहेको छ ।’ भन्दै प्लटिङदेखि सिफारीस र बाँकी हर हिसाब तुरुन्त सक्न भनेको एक उनी निकट सदस्य खुलासा गरेका छन् ।

लेखापढी शम्भु थापामगरले मालपोत, नापी कार्यालयमा सन्तोष खड्काको जग्गा कित्ताकाँट गर्न सहयोग पु¥याउदै आउने व्यक्तीका रुपमा खटाइएको आरोप लागेको छ । चन्द्रगिरी वडा नम्बर ८ को अधिकांश जग्गाका प्लटिङ गर्ने व्यक्तीका रुपमा वडाध्यक्ष खड्काले लेखापढी व्यवसायी शम्भु थापामगरलाई नै जिम्मा दिने गरेको पाईएको छ । थापामगरसंगै अध्यक्ष खड्काले भोजराज कँडेललाई समेत मालपोत, नापी कार्यलयमा अबैध रुपमा जग्गा प्लटिङ गर्ने कार्यमा सरकारी कर्मचारीलाई सेटिङ मिलाउने काममा परिचालन गर्दै आएका छन् ।

त्यसैगरी, अध्यक्ष खड्काले अर्का प्लटिङ गर्ने व्यक्ती सानोभाई थापा र शम्भु थापामगरलाई भने जग्गा टुक्रा गर्न सरकारी कर्मचारीलाई सेटिङ मिलाउन समेत परिचालन गरेका छन् ।

प्रत्यक आनाको ५० हजार रुपैयाँको दरले नापी र मालपोतका कर्मचारीलाई घुष दिएर नै जग्गा प्लटिङ गर्दै आएको समेत बताइएको छ । सन्तोष खड्काको प्लटिङ सेटिङधन्दाको विषयमा मालपोतका एक कर्मचारी भन्छन्, ‘खड्काको सेटिङ छ भन्ने मैलेपनि सुनेकोछु सवै कुरा मलाई थाहा भएन ।’

त्यसैगरी, वडा नम्बर ८ का एक कर्मचारीलाई सो बारे जिज्ञाशा लिदाँ  उनले भने – ‘खड्काको हिजोको सम्पत्ती र आजको सम्पत्तीको स्रोत खोज्ने हो भने पनि उनको अबैधधन्दा छर्लङ छदै छनी सर ।’ अध्यक्ष खड्कालाई भेट्न उनको कार्यालयमा जाँदा अबैधरुपमा नियुक्त गरिएका अंगरक्षकले भेट्न दिएनन् भने उनको मोबाईल नम्बर ९८५१२–८३८०८ मा पटक पटक सम्पर्क गर्दा पनि उनको सो मोबाईल ‘अफ’ गरिएको कुरा वाहिरीयकाे छ ।