एआईजी बढुवामा पाँच जना डिआईजी सिफारिस

-


     सुचनाको हक     
     फागुन २६ गते २०७९ मा प्रकाशित


नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवाको निम्ति पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) को नाम सिफारिस भएको छ ।

गृह मन्त्रालय, बढुवा समितिको सचिवालयका अनुसार सिफारिसमा डिआईजीहरु क्रमशः मधेश प्रदेश प्रहरीका कार्यालय, जनकपुरका वसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका टेकप्रसाद राई र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका दिपक थापा परेका छन् । 

त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका किरण बज्राचार्य पनि बढुवाको निम्ति सिफारिस सूचीमा परेको समितिका सचिव तथा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जारी गरेको सूचनमा उल्लेख छ ।