सहसचिवको जाँचमा जम्मा डेढ प्रतिशत उम्मेदवार उतिर्ण

-


     सुचनाको हक     
     फागुन २६ गते २०७९ मा प्रकाशित


लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले गत पुस ५, ६ र ९ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा प्रकाशित गरेको हो । आयोगका अनुसार यी तीन पदको लागि लिइएको परीक्षामा ७९६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा १२ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।