झुट्टा साक्षी बस्नेलाई अख्तियारले चलायो मुद्धा

-


     सुचनाको हक     
     फागुन २७ गते २०७९ मा प्रकाशित


प्रतिवादी शिवनारायण यादव भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका बेचन यादव मगरदैताले श्री विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा प्रतिकूल वकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैतालाई अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायको मागदाबीमा पूर्णरुपमा छुट दिई सरकारी साक्षीका रुपमा पेश गरेकोमा निजले विशेष अदालत, काठमाडौंमा वकपत्र गर्ने क्रममा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेकोले निज बेचन यादव मगरदैतालाई घुस/रिसवत दिएको बिगो रु.२१,०००।– (एक्काइस हजार रुपैयाँ) कायम गरी ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।