दर्जन बढी  ठेकेदार कालोसूचीमा

-


     सुचनाको हक     
     फागुन २९ गते २०७९ मा प्रकाशित


तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने दुई दर्जनभन्दा बढी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माणकर्तालाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा श्री विकास निर्माण सेवा, श्री विजनेस नेपाल कन्सल्टे्रन्सी प्रालि, श्री राष्ट्र सेवा निर्माण सेवा, श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, श्री अहमद हुसेन कन्स्ट्रक्सन, श्री गुप्ता निर्माण सेवा, श्री केपी कन्स्ट्रक्सन, श्री अनुष्ठान कन्स्ट्रक्सन प्रालि, श्री भोलेबाजा कन्स्ट्रक्सन, श्री दिव्या टेक्नोलोजिज प्रालि छन् ।

त्यस्तै, श्री डिमल्यान्ड मेटल इन्डस्ट्रिज प्रालि, श्री डाइग्नोकेम इन्टरनेसनल, श्री गण्डकी डनी कन्र्सन प्रालि, श्री कार्की किचेन, श्री निम्बो निङ्गसिङ्ग इन्टरनेसनल, श्री पीआर कन्स्ट्रक्सन प्रालि, श्री पप्पु मल्ल जेभी, श्री सम्बुद्ध सप्लायर्स, श्री सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, श्री सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, श्री सुरज जेनरल अर्डर सप्लायर्स, श्री युनिटेड अग्रो इन्जिनियरिङ्ग लिमिटेड र श्री वाईपी कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ ।

१ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा परेका यी निर्माणकर्ताले उक्त समयावधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जानकारी दिएको छ ।