सूचनाकोहक कि सूचना अधिकारी सूचना अभियन्ता द्वारा बाल संस्कार प्रबर्द्धन गर्न जग्गा दान

-


     सुचनाको हक     
     चैत्र ८ गते २०७९ मा प्रकाशित


हल्दिबारीमा बाल संस्कार केन्द्रका लागि सूचना अभियन्ता जग्गा इश्बरा तिबारी कडेल द्वारा जन कल्याण प्रतिष्ठान झापालाई जग्गा उपलव्ध भएको थियो यसरी जग्गा उपलब्ध गराएकोमा प्रतिष्ठानको सम्पन्न बैठकले जग्गा दातालाई धन्यबाद दिएको छ।
प्रतिष्ठानका अध्यक्ष श्री शंकर भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठान अन्तर्गत एकल बिध्यालयको झापा ,इलाम र मोरंङ तीन जिल्ला समेटेर गरेको सप्ताहब्यापी कार्यक्रमको झापाको अर्जुनधारा-६स्थित बाल बिकास केन्द्रमा आगामी चैत्र २१ गतेदेखि आयोजना गरने निर्णय गरेको प्रतिष्ठानका सचिब श्री देबेन्द्रकिशोर ढुङगानाले बताउनु भयो ।
बैठकमा प्रतिष्ठानका कोषाध्यक्ष श्री सत्येन्द्रकुमार कर्ण, सदस्य श्री होमनाथ ढुङगेल,सम्भाग प्रमुख श्री योगमाया न्यौपाने ,सदस्य श्री सोराई मुर्मु लगायतले संगठन सुदृढीकरण र बिकासमा हिन्दु धर्म जागरणको महत्ब सम्बन्धमा बिचार राख्नु भएको थियो ।सूचनाको हक डट कम कि सूचना अधिकारी सूचना अभियन्ता तिवारिले आफुले हिजो अभियान द्वारा देश बिकाशमा लागेको अहिले पनि सूचनाको हक मिडिया मार्फत सचेतना मा निरन्तर अगाडि बढिरहेको अबस्थामा शिक्षा महत्वपुर्ण रहेछ भन्ने कुरालाइ विशेष मनन गरि आफुले देश निर्माण मा आफ्नो सानो साथ समर्थन रहेको जानकारी दिनको लागि जग्गा दान दिएको जानकारी गराउनुभयो