न्यूरोडबाट स्रोत नखुलेको रकम र सुनसहित दुई पक्राउ

-


     सुचनाको हक     
     चैत्र ९ गते २०७९ मा प्रकाशित


जनसेवा प्रहरी वृत्त न्यूरोडले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित तनहुँको भानु नगरपालिका–६ का ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरिएको जनसेवाका डीएसपी भेषराज रिजालले बताए ।

पक्राउ परेका खनालबारे थप अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने उनले बताए ।

यसैबीच प्रहरीले एउटा सुनको ढिक्का र औंठीसहित भारतीय नागरिक आसलम सेखलाई पनि पक्राउ गरेको छ । उनको साथबाट सुनको ढिक्का ११७.१७ ग्राम र औंठी ५.२७ ग्राम बरामद भएको रिजालले बताए ।