काठमाडौँ उपत्यकालगायत देशैभर दुई वर्षअघिसम्म जग्गाघर किन्ने यत्तिकै हुन्थे । यता मालपोत कार्यालयमा पनि घरजग्गा नामसारी गर्नेको लाम हुन्थ्यो । उता जग्गा दलालीहरु दुई वर्षअघिसम्म चिप्लो गाडीमा हिड्थे, महंगो रेस्टुरेष्टमा खाना खान्थे त चिटिक्क परेर हिड्थे ।
विदेशबाट पैसा कमाएर नेपाल फर्केका, जीवनभर जागिर खाएर पैसा कमाएका र व्यापारव्यवसाय गरेर कमाएको रकमले समेत मानिसहरु घरजग्गा नै खरिद गर्न रुचाउँथे । तर, पछिल्लो समय ठ्याक्कै यसको उल्टो भएकोछ । अहिले घरजग्गा किन्ने शून्य भएका छन् भने बेच्ने चाहिं बढेकै छन् ।
सहकारीमा सर्वसाधारणहरुले पैसा राख्न छोडे तर अहिले बैंकमासमेत बचतकर्ताहरुले डिपोजिट गर्न छोडिसकेका छन् । उल्टै भएको पनि निकालिरहेका छन् त बजारमा पाँच सय र हजारको नोट हाहाकार छ ।
तीन वर्षअघि आनाको ३५ लाखमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर किनेको आधा मूल्यमा बिक्री गर्छुभन्दा समेत बिक्दैँन । यता तीन करोड मूल्य बराबरमा किनेको घर अहिले सस्तोमा बेच्छुभन्दा पनि बिक्री हुँदैन । घरजग्गा बेच्नेहरु अहिले जताततै छन् तर घरजग्गा किन्छु भन्ने कोही छैन ।
मालपोत कार्यालय सुनसान छ । कहिलेकाँही दिनमा एकदुई वटा मात्र घरजग्गा भुलेर नामसारी हुने गर्छ । उता जग्गा दलाली र भूमाफियाहरु बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर टाप कसिसके । यिनीहरुले नै सर्वसाधारणलाई महंगोमा घरजग्गा किन्न लगाएर फसाए तर अन्तिममा आफू पनि फसेर भागे ।
सरकारद्वारा रोपनीको ५० हजार निर्धारण गरिएको खेतीयोग्य जमिन जग्गा दलालीद्वारा खण्डीकरण गरी आनाकै ६० लाखमा बेचियो । यसरी खेतीयोग्य जमिन सबै जग्गा दलालीहरु खण्डीकरण वा प्लानिङ गरेर सिद्धाइदिए । जसले गर्दा अब देशमा खाद्य संकट निम्तिदैछ ।
बैंक तथा वित्तीय संस्थाहरुले पनि यिनै घरजग्गा धितो राखेर घुस खाई कर्जा प्रवाह गरे । जग्गा दलालीहरुले पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पैसा दिए त खेतीयोग्य जमिन सबै प्लानिङ गरेर बेचे ।
यता सहकारीमा बचत गर्ने बचतकर्ताहरुलाई आफ्नो पैसा सहकारीले फिर्ता नगरेपछि रातमा निन्द्रा कि दिनमा भोकझैँ भइरहेको छ । अहिले बचतकर्ताहरु सहकारीले रकम फिर्ता नगरेपछि रकम पाउने आशाले कि वडा कार्यालय, नगरपालिका, प्रहरी प्रशासन जान्छन् होइन भने सहकारी विभागमा दौडधूप लगाइ रहेछन् ।
सर्वसाधारणले पनि त्यो जग्गा किन्दा आफूसँग भएको २० लाख रुपैयाँ जग्गा दलालीलाई दिए त बैंक तथा वित्तीय संस्थामा पनि महिना महिनामा साँवा, ब्याज तथा कित्ता तिर्ने सर्तमा ४० लाख रुपैयाँ लिएर पनि तिनै जग्गा दलालीलाई दिए । उनीहरुको आश थियो, अहिले रू. ६० लाख आनामा किनेको जग्गा एक वर्षपछि ९० लाख पुग्छ ।
तर, अहिले ६० लाखमा किनेको जग्गा बेच्दा किनेको आधा मूल्य समेत आउँदैन त ४० लाख रुपैयाँ लिएको ऋणको साँवाब्याज तिर्न नसकेर ५० लाख पुग्यो । यसरी उनीहरुले आफूसँग भएको रकम पनि गुमाए त यता बैंक तथा वित्तीय संस्थाको ऋण पनि बोक्नुपर्यो ।
बैंक तथा वित्तीय संस्थामा त्यो घरजग्गा धितो राखी लिएको कर्जाको साँवाब्याज बिजुलीको मिटर झैँ उकालो चढिरहेको छ त त्यो तिरौँ भने पैसा छैन । यता वित्तीय संस्थाले ऋण तिर्न तानव दिइरहन्छ त उता कालोसूची वा पत्रपत्रिकामा तीनपुस्ते निकालिदिने धम्की दिन्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी क्षेत्रबारे बुझ्दा यिनीहरुको लगानी घरजग्गा, गाडी र सेयरमा छ । तर, यिनै क्षेत्रमा मन्दी छाएपछि अहिले बैंक तथा वित्तीय संस्था डुब्ने अवस्थामा पुगेका हुन् । यही घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा हिजो सहकारीहरुको भागाभाग भयो र अहिले पनि यो क्रम जारी नै छ ।
सहकारीमा सर्वसाधारणहरुले पैसा राख्न छोडे तर अहिले बैंकमासमेत बचतकर्ताहरुले डिपोजिट गर्न छोडिसकेका छन् । उल्टै भएको पनि निकालिरहेका छन् त बजारमा पाँच सय र हजारको नोट हाहाकार छ ।
बैंक तथा वित्तीय संस्थाबाट आफ्नो रकम निकालेर सबैले आआफ्नो घरमा लुकाइसकेका छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्माले जनताले आफ्नो घरमा लुकाएको रकम बाहिर निकाल्ने दाबी गरे तर निकाल्न भने सकेनन् । अहिले बैंक टाट पल्टिने अवस्थामा छन् ।
हिजो यिनीहरुले बैंकमा बचत गर्ने बचतकर्तालाई ५ देखि ७ प्रतिशत ब्याज दिए त त्यही रकम १८ देखि ४८ प्रतिशत ब्याजमा घुस खाएर लगानी गरियो । यसरी आज बैंक तथा वित्तीय संस्थाका कारण बचतकर्ता र ऋण दुवै डुबेका छन् ।
अब केही दिनमै बैंकले डिपोजिटवालाको पाँच हजारसमेत फिर्ता गर्न सक्दैँन न सहकारीले त अहिले नै बचतकर्ताको वर्षाैं दिनदेखि रकम फिर्ता गरेका छैनन् । बैंकका बचतकर्ताले पनि अब हप्तामा पाँच हजार मात्र निकाल्न पाउने भनेर निर्णय गरिंदैछ भनेर अहिले बजारमा खुबै हल्ला चलेको छ ।
यस्तो अवस्थामा पनि अब घरजग्गाको मूल्य कसरी बढ्छ र कसरी घरजग्गाको किनबेच हुन्छ । अहिले बैंक डुब्ने अवस्थामा पुगेका छन् त नभागेका सहकारी भाग्नुपर्ने दिन आएको छ । बजारमा सञ्चालनमा रहेका सयाैं सहकारी पनि अहिले डुबिसकेका छन् त देशैभरि रहेको ३५ हजार २ सय ३९ सहकारीमा ९० प्रतिशत सहकारीहरु डुबेर भाग्नुपर्नेमा पुगेका छन् ।
९७ लाख जनताले यिनै सहकारीमा बचत गरेका थिए तर अहिले यो रकम बालुवामा पानी हाल्या बराबर भएको छ । पछिल्लो समय भाग्ने सहकारी त भागि नै हाले त बन्द हुने सहकारी पनि बन्द भइहाले ।
तर, नभएका सहकारीहरुमा बचतकर्ताहरुले गुण्डा लगेर नै होस् या प्रहरी । त्यहाँका सामान तोडफोड गरेर वा कुटपिट गरेर आफ्नो रकम असुलिरहेका छन् । सहकारीमा सर्वसाधारण जनता वा व्यापारीले रकम जम्मा गर्न छोडिसकेका छन् । सहकारी संघ/संस्थाहरुले वर्षाैंदेखि घरधनीलाई भाडा तिरेका छैनन् त कर्मचारीको तलब रोकिदिएका छन् ।
यता सहकारीमा बचत गर्ने बचतकर्ताहरुलाई आफ्नो पैसा सहकारीले फिर्ता नगरेपछि रातमा निन्द्रा कि दिनमा भोकझैँ भइरहेको छ । अहिले बचतकर्ताहरु सहकारीले रकम फिर्ता नगरेपछि रकम पाउने आशाले कि वडा कार्यालय, नगरपालिका, प्रहरी प्रशासन जान्छन् होइन भने सहकारी विभागमा दौडधूप लगाइ रहेछन् ।
त्यस्तै, सहकारी संघ/संस्थाका अध्यक्ष तथा सञ्चालकहरु पछिल्लो समय कार्यालय नै आउन छोडिसके । रकम फिर्ता नगरेको झोंकमा बचतकर्ता आफूहरुमाथि खनिने डरले उनीहरु घरमा समेत बस्दैनन् । उता बाहिर सहकारीको बोर्ड झुन्डाएर राखिएको हुन्छ त भित्र जाँदा कार्यालयमा डेढ केजीको ताला झुन्डाएको हुन्छ ।
अहिले देशको अर्थतन्त्र डावाँडाेल हुनुको मुख्य कारण नै सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज हुनु हो । त्यसैले, अब सरकारले तत्कालै हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट ननिकाले झन् जटिल अवस्था आउने छ । ।
अहिले जतिपनि मानिसहरुको घरजग्गा, गाडी र सेयर छ । तीमध्ये ९५ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ । तर, यी क्षेत्रमा पुरै मन्दी आइसकेको छ ।
त्यसैले, अब नेपाल राष्ट्र बैंक र सहकारी विभागले तत्कालै बैंक तथा वित्तीय संस्थालाई घरजग्गा, गाडीमा लगानी गर्नमा प्रतिबन्ध लगाउनुपर्छ । साथै, विदेशबाट आयात हुने विलासिताका वस्तुहरुमा पनि अर्थ मन्त्रालयले प्रतिबन्ध लगाउनुपर्छ । बजारमा खाद्यान्न सामग्रीको मूल्य दिनहुँ बढिरहेको छ त घरजग्गा, गाडी र सेयरको मूल्यमा पूरै गिरावट आएको छ ।
यो अवस्था हेर्दा नेपालको अर्थतन्त्र पनि श्रीलंका, पाकिस्तान हुने अवस्था छ । मानवलाई चाहिने भनेको खाद्यान्न हो तर यहाँ भएका सबै खेतीयोग्य जमिन घर तथा बाटो बनाएर मासिसकिएको छ । यदि विदेशबाट खाद्यान्न आयात नगरेमा नेपालीहरु भोकले मर्नुपर्ने अवस्थामा आउने छ ।
श्रीलंका तथा पाकिस्तानका जनताले एक किलो चामलको १७ सयदेखि १८ सयसम्म तिरे तर यो अवस्था नेपालमा पनि देखिन थालिसकेको छ । अहिले नै १६ सयमा पाउने चामल बढेर २५ सय पुगिसकेको छ ।
यता मेनपावर कम्पनी र शैक्षिक कन्सलट्रेन्सीले पनि पढाउने नाममा नेपाली विद्यार्थीहरुलाई विदेश पनि पठाए र यहाँको रकम पनि विदेश पुर्याइदिए । अर्थतन्त्र कमजाेर हुँदा समेत सरकारले केही गर्न सकेन । किनकि देश सरकारले चलाउनुपर्नेमा देश नै माफियाहरूहरुले चलाइरहेछन् ।