माग गरेको सूचना प्राइभेट बैंक हरुले समयमै उपलब्ध गराउने गरेका छन
-
सुचनाको हक
माघ ८ गते २०७८ मा प्रकाशित
सूचनाको हक डट कम का संचालक सूचना अभियन्ता दीपक आचार्यले अहिले सहकारी स्थानिय बोर्डिङ्ग र सरकारी बिध्यालय र पालिका हरुमा सूचनाको हक को अबस्था सम्बन्धी अध्यन गर्न र सूचना लिने दिने बानिको बिकास गराउन साथै सूचना अधिकारी पनि नभएको स्थान मा सूचना अधिकारिको ब्यबस्था गराउन अभियान शुरु गर्नुभएको छ । सो अभियान अन्तर्गत माग गरिएका सूचनामा बैंक हरुले छिटो रेस्पोन्स गर्ने गरेको र सूचना उपलब्ध गराएको उहांको अनुभव रहेको छ । स्थानिय पालिका हरुले विभिन्न बहानामा सूचना नदिने यो देश मा रास्ट्रपति कार्यलयले समेत सूचना माग कर्तालाइ सूचना नदिएको हामिसंग इतिहास छ । रास्ट्रपति कार्यलयले सूचना नदिएपछि सूचना अभियन्ताहरुको बैठले एउटा दबाब स्वरुप बिज्ञप्ती नै निकालेको थियो । येस्तो अबस्थामा बैंक हरुले समयमा सूचना दिए पनि केही बैंक हरुले उपलब्ध गराएको सूचना भने संतोषजनक नभएको र शाखा हरुमा भने अहिले सम्म सूचना अधिकारिको ब्यबस्था नभएको पाइएको छ ।