अनलाइनमार्फत ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ

-


     सुचनाको हक     
     चैत्र १५ गते २०७९ मा प्रकाशित


अनलाइनमार्फत ठगी कार्यमा संलग्न आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । बुधबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गर्दै उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकण्ड र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको पनि प्ररहीले जनाएको छ ।