सामुदायिक वन महासंघ रुपाको अध्यक्षमा खड्का

-


     सुचनाको हक     
     चैत्र १७ गते २०७९ मा प्रकाशित


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपा गाउँपालिको दोश्रो अधिवेशनले तिल बहादुर खड्काको अध्यक्षतामा १४ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपिनाथ सुवेदी, सचिव देवी सुवेदी न्यौपाने, कोषाध्यक्ष वन्दना पोख्रेल एवम् सदस्यहरुमा प्रज्वल शर्मा,सोम सुनारी, वद्री ओझा,सृजना ओझा,पवित्रा पुरी, रामराज घिमिरे, राजमी दर्जी,मोनिमाया गुरुङ,पुर्णिमा गुरुङ र सितादेवी पौडेल निर्वाचित हुनु भएको छ ।
त्यसैगरि जिल्ला अधिवेशन प्रतिनिधि अप्सरा पगेनी, विमना खनाल, शिवदेवी भुजेल, आरती भुजेल, बुद्धिबहादुर घिमिरे, तिर्थराज पौडेल, प्रेमबहादुर गुरुङ र यदुराज सिं र प्रदेश प्रतिनिधिमा पवित्रा गौली, सरिता कुमाल, विन्दु मल्ल, देवी खड्का, कालिदास सुवेदी, लालबहादुर विक, अमृत बहादुर आचार्य र सवावक्स मिया छनोट हुनुभएको हो ।
गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अधिवेशनको उद्घाटन गर्दै वनको संरक्षण, प्रवद्र्धन र उपयोग गर्दै आएका सामुदायिक वन समुह स्थानीय तहमा आवद्ध हुने निती आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकाले वन समुहलाई गरेको आर्थिक सहयोग कार्ययोजनाको कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले प्राकृतिक श्रोतको व्यवस्थापन स्थानीय तहबाटै गरिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
बाँदर आतङकले खेती नोक्नासमात्र होइन वस्तिनै खाली हुने अवस्थामा पुगेको बताउँदै उहाँले भन्नुभयो, इकोस्टिमलाई आवश्यक भन्दा बढी बन्यजन्तुको उपयुक्त व्यवस्थापन गर्नुको विकल्प छैन ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महिला नेतृत्व विकासमा वन समुहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
महासंघ केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले काठको विकल्प खोज्नेतर्पm वन समूहको ध्यान जानुपर्नेमा जोड दिंदै प्राकृतिक श्रोतबाट समृद्धि प्राप्ति गर्न वन निती वाधक रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले मुलुकलाई विश्वसामु परिचित गराउन सफल सामुदायिक वनको माध्यमवाट हरित रोजगार सिर्जना गर्दै समृद्धिको अभियानमा जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
रुपमा गाउँपालिका महासंँघका अध्यक्ष बुद्धि बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, रुपमा ७ का वडाअध्यक्ष कृष्ण सुवेदी, गाउँ महासंघ सदस्य विमला खनाल लगायतले वन्यजन्तु व्यवस्थापनमा सम्वन्धित निकाय सचेत हुनु पर्नेमा जोड दिनुभएको थियो ।