संविधानविद् काशीराज दाहाल जो सूचानाकोहक कानुनका मस्यौदाकार पनि हुनुहुन्छ उहा र अनलाइनखबरकर्मी हरि अधिकारीलाई सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्ठिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७९ संविधानविद् काशीराज दाहाललाई प्रदान गरिएको हो ।
मोरंग निवासी केदार बहादुर बस्नेतबाट स्थापित षस्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत व्यक्ति श्री काशीराज दाहाल र षस्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पाउने श्री रोशन हरि अधिकारी प्रमुख अतिथि कोशी प्रदेश प्रमुख, विशेष अतिथि प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ लगायत हुनुहुन्थ्यो उहाहरुबाट सूचनाको हक सम्बन्धि मन्तब्य पनि रहेको थियो । नेपाल पत्रकार महासंघ मोरंग शाखाका सभापति संजीव खनालको अध्यक्षतामा भएको कार्यक्रममा षष्ठिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७९ अनलाइनखबरका विराटनगर संवाददाता हरि अधिकारीलाई प्रदान गरिएको थियो ।
दाहाललाई ५० हजार ५१ रुपैयाँको सूचनाको अधिकार पुरस्कार र अधिकारीलाई १५ हजार ५१ रुपैयाँको सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार प्रदान गरे ।
पुरस्कार प्रदान गर्दै खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए ।
पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय सञ्चार नीति लागू भए पनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न बाँकी रहेको बताए । उनले राष्ट्रिय सञ्चार प्राधिकरण आवश्यक रहेको बताए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचना माग्ने र दिने क्रम बढ्दै गएको बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम राख्नुपर्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सबै सरकारी कार्यालयबाट सहज रुपमा सूचना उपलब्ध गराउन सहजीकरण गर्ने बताए ।