जनकल्याण प्रतिष्ठानद्वारा सूचनाको हककि सूचना अधिकारि सम्मानित

-


     सुचनाको हक     
     चैत्र १९ गते २०७९ मा प्रकाशित


हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता www.suchanakohak.com कि सूचना अधिकारि ईश्वरा तिवारीले १५ लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गर्नुभएको छ ।

जनकल्याण प्रतिस्ठान एकल अभियान नेपाल, बाल संस्कार केन्द्र जिल्ला समिति झापा लाई हल्दिबारि निवासी श्री खडग तिवारी र इस्वरा कडेल तिवारी( यस संस्था कि उपाध्यक्ष ) ले करिब १५ लाख मुल्य बराबर को एक कठ्ठा जमिन दान गर्नु भएको छ । हल्दि बारी डडुवा स्थित शिवालय मन्दिरमा संस्था का अध्यक्ष शंकर भट्टराई को अध्यक्षता मा र हल्दिबारि वाड न ३ का अध्यक्ष श्री बिष्णु ओलि को प्रमुख आथित्यता मा आयोजित भब्य कार्यक्रम मा वहाँ हरु ले दान दिने घोषणा गर्नु भयो । कार्यक्रम मा प• सोमनाथ सुबेदि, बिस्व हिन्दु परिषद का झापा जिल्ला अध्यक्ष श्री होमनाथ ढुङेल , वरिष्ठ पत्रकार श्री मोहनकाजि नेउपाने , स्थानीय उधमि श्री सतेन्द्र कर्ण लगायत करिब १५० जना स्थानीय हरुको उपस्थिति रहेको थियो l

बाल संस्कार केन्द्रले ५ बर्ष देखि माथी १४ बर्ष भन्दा मुनि का बालबालिका हरु लाई पन्चमुखि शिक्षा को अवधारणा अन्तर्गत कुनै पनि सामाजिक भेदभाव नराखी नैतिक , स्वास्थ , कृषि , स्वावलम्ब, धर्म संस्कृति , राष्ट्र प्रेम , समाज कल्याण , असल चरित्र निर्माण सम्बन्धि शिक्षा प्रदान गर्ने गर्छ ।

देशभर ५०० वटा भन्दा बडी गाउँ मा संचालित बाल संस्कार केन्द्र हरु रहेका छ्न । झापा मा हाल २५ वटा बाल संस्कार केन्द्र हरुमा करिब ७५० जना बालबालिका हरु लाई यस् केन्द्र ले सेवा दिदै आयेको छ ।

२०५३ सालमा धादिङ बाट सुरु गरिएको यस प्रतिस्ठानमा हाल देशभर १५० पुर्णकालिन कार्यकर्ता हरु आफ्ना सम्पुर्ण घरायसी समस्या हरु का वावजुद स्वयंसेवक को रूपमा समाज कल्याण को येस महानकर्ममा दिन रात खटिएर अभियान लाई अघि बडाइ रहनु भयेको छ ।

तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गर्नुभएको हो । 

जग्गादातालाई प्रतिष्ठानले आज एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान गर्यो ।

दाता परिवारलाई फुलमाला र अबिर लगाएर हल्दिबारी–३ का वडाध्यक्ष हरिप्रसाद ओली, अभियानका झापा अध्यक्ष शंकर भट्टराई र विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुंगेलले सम्मान गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष भट्टराईले प्रदेशमै पहिलोपल्ट बाल संस्कार केन्द्रका लागि जग्गा प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

प्रतिष्ठानले झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र नैतिक शिक्षा प्रदान गर्ने बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको भट्टराईले जानकारी दिनुभयो ।

अभियन्त पं. सोमनाथ सुबेदीले बाल संस्कार केन्द्र ६४ जिल्लामा सञ्चालन भइरहेको बताउनुभयो ।

समाजसेवी सत्येन्द्र कर्णले स्वागत गर्नुभएको सो अवसरमा पिताम्बर बराल, शिवप्रसाद दाहाल, भरत मैनाली, खिनामाया खनाल, मित्रलाल ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

जग्गा दाता सूचना अभियन्ता तिवारी लेख्नुहुन्छ संस्कार को शिक्षा बालक बाट नै सुरुआत गर्नुपर्छ । हामी ले देखेको भोगेको संस्कार बिहिन समाज ले भोग्नु परेको कठिनाइ हरु ले अब घर घरमा संस्कार केन्द्र हरु को अभियान पुग्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो

यो बिशुद्ध सेवा मुखी कार्यमा जोडिने अबसर प्रदान गर्नु हुने ब्यास आसिन श्री Somnath Subedi गुरुदेव प्रती विशेष हार्दिक नमन साथै आफ्नो तनमन ,धन, कर्म र बिचार ,समर्पण गर्दै मलाई थप उर्जा प्रदान गर्नु हुने जिल्ला अध्यक्ष श्री Shankar Bhattarai

ज्यू, प्रदेश भाग प्रमुख दिदी श्री योगमाया बस्नेत ज्यू (Neesha Basnet ) केन्द्रिय प्रमुख Pralad Pralhad Regmi ज्यू,अभियान प्रमुख Amrendra Thakur ज्यू

जिल्ला भाग प्रमुख दिदि श्री खिनमाया फुयाल पान्डे( Nisha Phuyel Pandey ) Devendra DhunganaHomnath Dhungel गाउँपालिका प्रमुख आन्टी श्री Maya Davi भट्टराई , दाजु सत्यनारायण कर्ण , आचार्य श्री Madhabi Khanal देन हो

अन्त्यमा :

यो कार्यक्रम सु सम्पन्न गर्न गराउन साथ दिनु हुने

यसै वार्डका अध्यक्ष दाजु श्री Bishnu Oli ज्यू , Bibek Dangal Madan Aasrit Chudal Prem Khanal भाइ Milan Sisir Bk Homnath Adhikari पवन गिरी Indira Pudasaini लगायत सबै सबैमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु धन्यवाद