जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलबाट पक्राउ गरेको छ स्मरण रहोस सूचना अभियन्ता कैलाश माझि सहितको समुहले खुलेआम भ्रस्टाचार भएको भिडियो नै केहि समय अगाडी सार्बजनिक गरेका थिए ।