बंगलादेशको राजधानी ढाकास्थित एउटा बजारमा लागेको आगलागीमा चार हजारभन्दा बढी पसल खरानी भएको छ । त्यहाँको प्रमुख कपडा बजारको रुपमा चर्चित बंगबजारमा आज बिहान भीषण आगलागी भएको बताइएको छ ।
बीबीसीका अनुसार आगलागी नियन्त्रणमा ढाकाका ४३ वटा दमकल प्रयोग गरिएको छ । सेनाको टोली पनि आगो नियन्त्रणमा परिचालित भएको जनाइएको छ । आसपासका क्षेत्रको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । बंगबजार ढाकामा कपडाको थोक तथा खुद्राका व्यापारको लागि प्रसिद्ध बजार हो ।
एक महिनाअघि ढाकाको सिद्दिकी बजारमा विस्फोटपछि भएको आगलागीमा १९ जनाको ज्यान गएको थियो ।