सुरक्षण मुद्रण केन्द्रले Power System in Security Printing Press and Pressurized Fuel Storage Tank को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन Electric Transformer स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक Country of Origin भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने Bulk Fuel Tank System को खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायबमोजिमका राष्ट्रसेवक कर्मचारीहरु र अन्यको हकमा देहायबमोजिम सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा दफा ३५ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
सि.नं | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
कार्यकारी निर्देशक विकल पौडेल | सुरक्षण मुद्रण केन्द्र | रु.६९,०८,८१,८५४।७० | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख), (ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। | |
सी.डी.ई. नविन कुमार पोखरेल (मेकानिकल) | तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि हाल वन तथा वातावरण मन्त्रालय, सिंहदरबार | रु.४९,४६,३५,९४५।७० | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। | |
सहायक निर्देशक रमेश प्रसाद पोखरेल | तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सूचना प्रबिधि केन्द्र, सिंहदरबार | रु.२०,३८,९३,८२७।६३ | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। | |
शाखा अधिकृत मनिकमान महर्जन | तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत र हाल राष्ट्रिय समावेशी आयोग | रु.३,४४,६८,७२९।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। | |
लेखा अधिकृतवाट सेवानिवृत्त राम बहादुर बुढा | तत्कालीन सुरक्षण मुद्रण केन्द्र | रु.१९,८८,९४,२८९।३२ | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (ङ) र (च) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। | |
शाखा अधिकृत शिरिष उपाध्याय | तत्कालीन सुरक्षण मुद्रण केन्द्र र हाल जिल्ला समन्वय समिति काठमाडौं | रु.४०,०१,३९,७३६।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। | |
प्रबन्ध निर्देशक रोहित मान प्रधान | इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि. | रु.२३,४४,९६,९२१।३२ | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ। | |
निर्देशक भुवन महर्जन | मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि. | रु.४३,५७,४२,३६८।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ। | |
प्रबन्ध निर्देशक मित्र लाल गुरौ | परामर्शदाता वास्तुशिल्प एसोसिएट्स | रु. ८,६९,०९७।३८ | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ। |