बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग

- सूचनाको हकका संचालक दीपक आचार्य सम्मानित

-


     सुचनाको हक     
     वैशाख ३ गते २०८० मा प्रकाशित


देशमा थुप्रै संघ संस्था रहेपनि ति संस्थाले जनचाहना अनुसार काम नगर्दा खासै संस्था भएको अनुभति आम नागरिकले गर्न सकिरहेका छैनन् र पनि केहि संस्थाहरु मनबाटै काम गरिरहेका छन् यहि शिलशिलामा सूचनाकोहकका संचालक दीपक आचार्यले दुइ संस्थाहरुलाई जोड्ने काम गर्नुभएको छ २०५४ सालमा स्थापित कर्णालीको प्रशान्ति वृद्धाश्रम र युबा हरुद्वारा संचालित वृद्धाश्रम सहयोग समिति बीच चिनजान परिचय गराई सहयोग लिने दिने बातावरण उहाले तयार गरिदिनुभयो यहि शिलशिलामा उहाको पहलमा बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।


ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पु¥याउने उदेस्यले शुरु भएको बृद्धाश्रम सहयोग समिती र प्रशान्ती बृद्धाश्रम विच सहयोगको वातावरण वनी दुवै समिती विच समन्वय भएको छ ।


ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाइ अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गरीने सोच रहेको हुँदा सहयोगी हात हरुको आवस्यकता रहेको कुरा बताउनुभएको छ । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितीले यो महिना कणार्लीको प्रशान्ती बृद्धाश्रम मा एक लाख अक्षयकोष स्थापना गरेको हो ।


५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवस्यक रहेको जानकारी गराउदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी गराउनुभयो ।
बृद्धाश्रम सहयोग समिती अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रममा हरुमा कम्तीमा पनी एक एक लाखको अक्षयकोष स्थापना गर्ने उदेस्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनुभयो । वडा अध्यक्ष र पालिकाले दिएको सहयोग वाट रकम जुटीरहेको उहाँले वताउनुभयो ।

आगामी दिनमा समेत यस आश्रमको उन्नति प्रगतिमा निरन्तर सहयोग गरिरहने अध्यक्ष पौडेलले बताउनुभयो

कर्णालीकै उत्कृष्ट आश्रम बनाउन आफुहरु लागिपरेको र साथ् सहयोग गरिदिनुहुन सबैमा अध्यक्ष ज्युको अनुरोध रह्यो

सहयोग कार्यक्रमको अध्यक्षता बालकृष्ण श्रेष्ठ ले गर्नुभएको थियो भने प्रमुख अतिथि सम्झना पौडेल रहनुभएको थियो घर घरबाट ज्येस्ठ नागरिक सडकमा र सडक बाट वृद्धाश्रम आउने बातावरण अन्त्य गर्न हरेक वडामा समिति बनाउने र ज्येस्ठ नागरिकलाई घरमै राख्ने बातावरण मा बिशेस लागिपर्ने अध्यक्ष सम्झनाले बताउनुभयो


ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न समेत उहाले जानकारी गराउनुभयो । हरेकले महिनामा १० रुपैयामात्र भएपनी ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न उहाले अनुरोध गर्नुभयो

यसरि दुइ दिने र लिने संस्थाबीच सहजीकरण गरिदिएर प्रशान्ति वृद्धाश्रमलाई सहयोग रकम दुरुपयोग नहुने संस्थाको रुपमा बिस्वास गरि सहजीकरण गरिदिएको बहने प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ ले दीपक आचार्यलाई दोसल्ला ओढाई सम्मान गर्नुबहेको थियो यी बाहेक अन्य कामको लागि पनि प्रशान्ति वृद्धाश्रम मा अन्य सहयोगी लाने बचन उहाले दिनुभयो