जिल्ला सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि आ.व. २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणको लागि आ.व. २०७५/०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रकम स्वीकृत भई लक्ष्मीपुर पतारी गाउँपालिकाको पुल निर्माण योजनाको जिम्मा गाउँपालिकावाट विस्नुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले प्राप्त गरी उक्त निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र पारी छाडी भए गरेको कार्यसमेत न्यून गुणस्तरको सामाग्री प्रयोग गरी लथालिङ्ग छोडेको र आ.व. 2076/077 बाट सोही पुल/कल्भर्ट निर्माणको लागि अर्को उपभोक्ता समितिवाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना वेकम्मा भई हाल थप कार्य गरी उक्त संरचना पूर्णसमेत गर्न नसकिने अवस्थामा समेत भुक्तानी नै गर्न नमिल्ने रु.५,२८,४४०।- भुक्तानी दिने/लिने कार्य गरे/गराएको एवं सोही स्थानमा आ.व. २०७६/०७७ मा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विधानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कलभर्ट निर्माण तथा माटो ग्राभेल योजनाको लागि साबिक २ नम्वर प्रदेश हाल मधेश प्रदेश सरकारबाट सशर्त अनुदान रकम विनियोजन भएकोमा माथि उल्लेखित आ.व. 2075/076 मा आंशिकरुपमा निर्माण भएको पुल/कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिई अघिल्लो आ.व. २०७५/०७६ मा डिजाइन नगरी ड्रइङ्गको आधारमा संचालन भएको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माण योजनामा पुन: डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरु सम्पन्न नगरी संरचनामा न्यून गुणस्तरको निर्माण कार्य गरी दुवै योजनाहरु सम्पन्न गर्न नमिल्ने अवस्थामा रहेको देखिँदा पनि उक्त कलभर्ट निर्माण कार्यमा राष्ट्रसेवक तथा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने रु.२६,४६,०२७।- उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न देहायका प्रतिवादीहरु उपर देहायबमोजिमको सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुलउपर गर्ने तथा जफतको मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
सि.नं | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
तत्कालीन गाउँपालिका अध्यक्ष राम बल्लभ साह | लक्ष्मीपुर पतारी गाउँपालिका सिरहा | रु.31,74,467।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी प्रतिवादीबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो असुलउपर हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजायसमेत हुन मागदावी लिइएको छ। | |
तत्कालीन गाउँपालिका उपाध्यक्ष आशा देवी यादव | लक्ष्मीपुर पतारी गाउँपालिका सिरहा | – | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदावी लिइएको छ। | |
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत, तत्कालीन लेखापाल ईन्द्र कुमार कर्ण, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष विद्यानन्द साह सुडी, र वडा नं. ४ का वडा सचिव रामनारायण मण्डल | लक्ष्मीपुर पतारी गाउँपालिका सिरहा | रु.५,२८,४४०।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना गरी प्रतिवादीहरुबाट सोही ऐनको दफा ८(१) बमोजिम बिगो असुल उपर हुन एवं प्रतिवादी रबिन्द्र कुमार महतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजायसमेत हुन मागदावी लिइएको छ। | |
समिति अध्यक्ष विष्नुदेव यादव, कोषाध्यक्ष जलास कुमारी दनुवार, सचिव महादेव यादव र कन्सलटेन्सीका प्रोपराइटर इन्जिनियर ईन्द्र नारायण साह | उपभोक्ता समिति र माँ ॐ शान्ति इन्जिनियरङ्ग कन्सलटेन्सी | रु.५,२८,४४०।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत जफत हुन एवं प्रतिवादी ईन्द्र नारायण साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानासमेतको सजाय हुन मागदावी लिइएको छ। | |
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिक लाल यादव र सुजित कुमार यादव, तत्कालीन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष हनुमान मण्डल | लक्ष्मीपुर पतारी गाउँपालिका सिरहा | रु.26,46,027।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी सोही ऐनको दफा ८(१) बमोजिम प्रतिवादीहरुबाट बिगोसमेत जफत हुन एवं गलत प्रतिवेदन तयार गर्ने प्रतिवादीहरु धनिक लाल यादव र अमन पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदावी लिइएको छ। | |
समिति अध्यक्ष उतिम लाल मण्डल, कोषाध्यक्ष गिता कुमारी मण्डल, सचिव परमेश्वर मण्डल, प्रोपराइटर इन्जिनियर तारा कान्त साह | उपभोक्ता समिति र राजदेवी कन्सलटेन्सी एण्ड इन्जिनियरङ्ग | रु.26,46,027।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत जफत हुन एवं गलत प्रतिवेदन तयार गर्ने प्रतिवादी तारा कान्त साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानासमेतको सजाय हुन मागदावी लिइएको छ। | |
योजना शाखा प्रमुख चन्द्रेश्वर प्रसाद यादव | लक्ष्मीपुर पतारी गाउँपालिका सिरहा | रु.३१,७४,४६७।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ख) र (ग) तथा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदावी लिइएको छ। | |
विष्णुदेव साह, अमृता देवी दास, सत्यनारायण साह | गाउँपालिकास्तरीय योजना अनुगमन समिति | – | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदावी लिइएको छ। |