गलत लिखित जवाफ पेश गर्ने शिक्षा इकाई समन्वय समिति झापालाई सूचना अभियन्ता गिरि द्वारा कारबाहिको माग

-


     सुचनाको हक     
     वैशाख १० गते २०८० मा प्रकाशित


श्रीमान् प्रमुख आयुक्तज्यू

श्री राष्ट्रिय सूचना आयोग, काठमाडौं ।

विषय:- तीन महले विवरण सम्बन्धमा ।

महोदय,

           उपरोक्त सम्बन्धमा म निवेदक सुदीप गिरीले झापा, जिल्लामा अवस्थित शिक्षा बिकास तथा समुन्वय इकाइ कार्यालयसँग नेपालको प्रचलित सूचनाको हक सम्वधित ऐन अनुसार मेरो उद्वेश्य समेत खोली केही सार्वजनिक चासोका सूचनाहरू माग गरेको थिए। तर माग गरिएका सूचनाहरू सुचनाको हक सम्बन्धि ऐनको म्याद भित्र उपलब्ध नगराए पश्चात् मैले यस बारेमा सम्मानित राष्ट्रिय सूचना आयोग समक्ष नियम कानुन अनुसार उक्त कार्यालयलाइ मैले माग गरेका सूचना दिनु हुन आदेश गरि पाऊ भनी सम्मानित राष्ट्रिय सूचना आयोगमा उजुरी गरेको थिए । उक्त उजुरी गरे पश्चात् सम्मानित आयोगबाट मेरो उजुरी उपर सुनुवाइ भई उक्त कार्यालयलाई आदेश समेत भएको छ । आदेश पस्चात उक्त कार्यालयले उपलब्ध गराएको सुचना अध्ययन गर्दा उक्त सूचना माग गरे बमोजिम नपठाइ आंशिक तथा अधुरो रुपमा पठाएको जानकारी त्यहाँ सम्मानित आयोगकोलाई जानकारी गर्दछु। विपक्षी ईकाइ कार्यालयकाे प. सं. ०७९/०८० को च.नं. १३३७ मिति २०८०-०१-०६ गतेको पत्र मलाई ईमेल मार्फत प्राप्त भएको छ। तसर्थ मैले माग गरे अनुसारका, सूचना माग गरे बमोजिम पुर्ण रुपमा उपलब्ध नगराइ आंशिक तथा अधुरो सूचना उपलब्ध गराइ सूचना लुकाउन खोज्ने उक्त शिक्षा बिकास तथा समुन्वय इकाई कार्यालयबाट नेपालको संविधान तथा कानुनको परी-पालन गर्ने कार्य भएन। उल्टै उक्त कार्यालयले मेराे पुनरावेदनको सम्बन्धमा सम्बन्धित लाई कार्यालयमा उपस्थित हुन भनिएकाे छ जुन कानुन बिपरित छ। सार्वभौम सम्पन्न नागरिक माथि नागरिकको सर्वाेच्चता विपरीत छ। सूचनाको हक सम्बन्धित ऐनकाे दफा ७ काे सूचना प्राप्त गर्ने कार्यविधिका उपदफामा समेत सूचना अधिकारीले निवेदनद्वारा माग भएको सूचना माग भएको स्वरूपमा नै उपलब्ध गराउनुपर्ने छ भनिएको छ। उक्त कार्यालयलाई मैले लिखित रूपमा आधिकारिक ईमेल मार्फत सूचना मागकाे प्रयाेजन समेत खाेलि सूचना माग गरेकाे कुरा सम्मानित आयाेगलाई विजितै छ। मैले सूचनाकाे निवेदन दिएपछि पनि फाेन मार्फत सूचना अधिकारीलाई जानकारी समेत गराएका थिए। तर बिपक्षी कार्यालयले सूचना लसन प्रत्यक्ष सम्पर्कमा नआउनु भएको भनिएकाे छ। जबकि सार्वजनिक निकायले सूचना माग भएपछि वेवास्ता गर्दै सूचना दिएकाे छैन अनि सूचनामा सहज र सरल बनाउनुपर्ने जिम्मेवारीबाट कार्यालय बिमुख हुँदै भाैतिक उपस्थित माग गर्नु कतिकाे जायज कुरा हाे सम्मानित आयाेगकाे ध्यानाकर्षण गराउन चाहान्छु। मैले सूचना अधिकारी विरूद्व कार्यालय प्रमुखलाई दफा नाै बमोजिमकाे उजुरी गर्दा पनि सूचना नपाउनु कार्यालय प्रमुखको नियत र आचरण कस्तो छ भन्ने बुझ्न जरूरी छ। जब मैले उक्त कार्यालय उपर सम्मानित राष्ट्रिय सूचना आयाेगमा पुनरावेदन गरे उक्त पुनरावेदन उपर दफा १० (२) बमोजिम ७ दिन भित्रलिखित जवाफ पेश गर्न पत्रचार गरेपछि सूचना दिन कार्यालय बाध्य भएको प्रस्ट छ तर दिएको  सूचना अधुराे र अपुराे छ । म माथि झुठो आरोप लगाएको र नेपालको संविधान तथा ऐन कानूनको अपमान गर्ने काम उक्त कार्यालयबाट भएको प्रष्ट देखिन्छ । तसर्थ उक्त कार्यालयले कानुनको पालना नगरेको र सूचना माग कर्ताको सम्मान नगरेको, जवाफदेहीता तथा पारदर्शिता कायम राख्न तत्पर नदेखिएको र लोकतन्त्रको खिल्लि उडाउदै जनताले पाउने सूचनाको हकलाइ समेत कुण्ठित पार्ने कार्यगरि नागरिकलाई सूचना पाउन बाट वञ्चित गराउने दुस्साहस गरि अख्तियार समेत दुरुपयोग गरेको प्रष्ट देखिन्छ । तसर्थ उक्त कार्यालयको गैरकानुनी निर्णय बदर गरि सूचना माग माथि प्रतिबन्ध लगाउने प्रयास गरेको बारेमा सम्मानित आयोगबाट उक्त कार्यालयसंग स्पष्टीकरण सोधियोस् साथै आंशिक सुचना उपलब्ध गराइ सुचना लुकाएर नागरिकको मौलिक हक हनन गर्ने प्रयास गरि यसरी बदनियत पूर्वक सर्वसाधारणलाई दुख दिने उक्त कार्यालयको प्रमुख एवम् सुचना अधिकारीलाई सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३२ बमोजिम अधिकतम जरिवाना सहितको कडाभन्दा कडा कार्वाहीगरी तपशिलमा उल्लेखित भएका सम्पूर्ण सूचनाको प्रमाणित प्रतिलिपी माग गरे अनुसारको पूर्ण रूपमा उपलब्ध गराउनुहुन आदेश गरिदिनुहुन भनी यो प्रतिउत्तर तथा तीन महले विवरण तयार पारेर ऐनको म्याद भित्र सम्मानित आयोग समक्ष पेश गरेको छु।

माग गरिएको सूचनाकाे विवरण:

           तपशिल

१)यस कार्यालयकाे आधिकारीक ईमेलमा मिति २०७९/११/०८ गते म स्यम:सुदिप गिरीकाे नामबाट  गरेकाे उजुरीपत्रकाे दर्ता नम्बर र दर्ता मिति समेत उल्लेख पछि उक्त पत्रकाे प्रमाणित प्रतिलिपी ।

२) यस कार्यालयकाे सूचना अधिकारीकाे विवरण भएको (फ्लेक्स) बाेडकाे प्रमाणित प्रतिलिपी ।

३) आजकाे मिति सम्ममा यस कार्यालयमा गुनासो / उजुरी  वा गुनासो अभिलेखिकरण राख्ने पुस्तिका वा गुनासो सुनुवाइ संयन्त्र, गुनासो कार्यान्वयन गर्ने गरिएको छ कि छैन ? साे विवरणकाे प्रमाणित प्रतिलिपी ।

४)यस कार्यालयले सूचनाको हक सम्बधित ऐन २०६४ काे दफा ५ र सूचनाको हक सम्बन्धित नियमावली २०६५ काे नियम ३ बमोजिम सार्वजनिक गर्नुपर्ने त्रैमासिक स्वत: प्रकाशन गर्ने गरिएको छ कि , छैन भए अन्तिम पटक प्रकाशित गरिएको विवरणकाे प्रमाणित प्रतिलिपी ।

प्राप्त आंशिक वा प्राप्त नभएको सूचना

तपशिल

१)माग सूचनाको बुदा नं. १ काे बारेका सूचना लुकाउन खाेजिएकाे छ। बुदा नम्बर १काे सूचना प्राप्त भएको छैन।

२)माग सूचनाको बुदा नम्बर २ काे सूचना प्राप्त भएको छ। 

३)माग सूचनाको बुदा नम्बर ३ काे सूचना अांशिक मात्र प्राप्त भएको छ। साे बुदामा मागेकाे सूचना पूर्ण रूपमा पाएकाे छैन।

४)माग सूचनाको बुदा नम्बर ४ काे सूचना लुकाउन खाेजिएकाे छ। बुदा नम्बर ४ काे सूचना प्राप्त भएको छैन।

संलग्न कागजात

क) विपक्षी कार्यालयबाट मलाई बाेधार्थगरी पठाएको पत्र

ख) नेपाली नागरिकताको प्रतिलिपि ।

ग) सम्मानित आयाेगकाे आदेश

माथि लेखिएको व्यहोरा ठिक साँचो हो, झुट्टा ठहरे कानुन बमोजिम सहुँला बुझाऊला |

नाेट : उक्त कार्यालयकाे वेवसाईट समय समयमा (अपग्रेट)अध्यावधिक समेत गरिएको छैन ।सूचना तथा जानकारी स्वत: प्रकाशित गर्नुपर्ने सूचनाहरू समेत आजका मिति सम्ममा प्रकाशित नगरेकाे व्यहाेरा समेत जानकारी गराउछु ।

पुनरावेदक

नाम :-सुदीप गिरी

ठेगाना :- हल्दीबारी गाउँपालिका- ३ , झापा, काेशी प्रदेश

फोन :-९८२२५०६८९६

इमेल:-[email protected]

इति सम्वोत् २०८० साल ०१ महिना ०८ गते रोज ६ शुभम् ।