झापाको हल्दिबारी गाउँपालिका भित्र रहेका सहकारीको विवरण गाउँपालिकाको सहकारी शाखासँग नभएको खुलेको छ ।गाउँपालिकाको क्षेत्रधिकार भित्र रहेका सवै सहकारीलाई नियमन र सुचिकृत नगरेको तथ्य खुलेको हो ।
पछिल्लो समय सहकारी मार्फत सदस्यहरू ठगिएको, आफ्नो बचतहरू समेत फिर्ता माग्दा सहकारी संस्थाले फिर्ता गर्न आनाकानी गरेको र फिर्ता गर्न नसकिरहेको समाचार बेला मौकामा आउने गरेका छन् । गाउँपालिका कार्यालयमा सूचना अभियानता तथा जागाैं नेपालका प्रबास सह-संयाेजक सुदिप गिरीले सबै सहकारी संस्थाहरूको विवरणको सूचना माग गरेपछि यो तथ्य खुलेको गिरीले बताए । गाउँपालिकाले दिएको सूचना अनुसार गाउँपालिका सहकारी शाखासँग १३ वटा सहकारी संस्थाको मात्रै तथ्यांक दिएको छ ।
तर, यता हल्दिबारीका सबै वडा कार्यालय मार्फत सहकारी संस्थाहरूको विवरण अनुसार हल्दिबारी १ गोलधापमा जम्मा ९ वटा संस्था संचालनमा रहेको सूचना अधिकारी तथा वडा सचिव छविकला चाम्लिङ राईले जानकारी दिइन् । हल्दिबारी वडा न २ मा ७ वटा सहकारी संस्था सञ्चालनमा रहेको जानकारी वडा सदस्य खकेन राजवंशीले गराए । हल्लिबारी ३ मा भने ४ वटा सहकारी संस्था संञ्चालनमा रहेको वडा सचिव राजन खतिवडाले जानकारी दिए । त्यस्तै हल्दिबारी ४ को सूचना अनुुसार वडामा जम्मा ६ वटा सहकारी संस्था सञ्चालन रहेको छ । हल्दिबारी ५ मा भने शान्ति बाटिका महिला कृषि सहकारी एउटा मात्र सहकारी रहेको जनाइएको छ । हल्दिबारीका स्थानीय बासी समेत रहेका गिरीले हाल हल्दिबारी गाउँपालिका क्षेत्रमा ३०वटा सहकारी संस्था संञ्चालनमा रहेकाे उनकाे दाबी छ।गाउँपालिकाले आफ्नो क्षेत्रधिकार भित्र रहेको सबै सहकारी संस्थाहरूलाई अहिलेसम्म कुनै अनुगमन तथा नियमन नै गरेको पाइएको छैन सहकारी संस्थाको वितिय अवस्थाको बारेमा समेत जानकारी समेत पाइएको छैन ।
जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहले आफ्नो क्षेत्रधिकारको बितिय कार्य गर्ने संघ÷ संस्थाको विवरण समेत नराख्दा सहकारीमा आवद्ध सर्वसधारणकोे लगानी जोखिममा देखिएको छ । हल्दिबारीमा च्याउसरी उम्रिएका सहकारी संस्थाले गरिब निमुखा जनताले खाई नखाई बचत गरेको रकम असुरक्षित हुने हुने अवस्थामा देखिएको छ ।