मृतक हिन्दु युबालाई धार्मिक सहिद घोषणा सहित क्षतिपुर्तिको माग, हिन्दु परिषद द्वारा

-


     सुचनाको हक     
     माघ १४ गते २०७८ मा प्रकाशित


मिति ः २०७८÷१०÷१४

माननीय गृहमन्त्रीज्यू
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौँ, नेपाल ।

विषय ः ज्ञापन–पत्र
उपरोक्त विषयको सम्बन्धमा यही २०७८ सालको छठपर्व मनाउने क्रममा कार्तिक २५ गतेका दिन हिन्दू भक्तहरू र स्थानीय मुसलमान युवाहरू बीच विवाद झैँ–झगडा हुँदा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. १९ इनरवारी बस्ने राजकुमार राउत कुर्मीका छोरा वर्ष १८ का राधेश्याम पटेललाई मुस्लिम युवाहरूले लाठी, ढुङ्गा, मुढा गरी कुटपिट गर्दा राधेश्याम पटेलको टाउकोमा गम्भीर चोट लागि उपचारार्थ L.S. Neuro and General Hospital Pvt. This includes https://clickmiamibeach.com/ the top online casinos such as Cappers. Ltd. पानीटंकी–८ वीरगन्जमा भर्ना भई उपचारकै क्रममा यही मिति २०७८÷०९÷२१ गते निधन भएको व्यवहोरा जानकारी गराउँदछौँ ।
राधेश्यामजीको निधन मुस्लिम युवाहरूको प्रहारबाट भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराबाट आवश्यक अनुसन्धान कार्वाही भैरहेको भएपनि घटनाले धार्मिक भावना बिथोल्न गई सामुदागिक दंगा हुन सक्ने हुँदा जिल्लाको शान्ति सुरक्षामा नै प्रतिकूल प्रभाव पर्न जाने तथ्यलाई दृष्टिगत गरी जिल्लाको शान्ति सुरक्षा बनाईराख्न प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको संयोजकत्वमा मिति २०७८÷१०÷१० गतेका दिन पीडित पक्ष, राजनैतिक दलका प्रतिनिधि, स्थानीय संचारकर्मीको उपस्थितिमा छलफल गर्दा राधेश्याम पटेलका परिवारलाई उपचारमा खर्च भएको रू११,२४,०२० । क्षतिपुर्ति बापतको छुट्टै रू१० लाख नेपाल सरकारले दिने र राधेश्यामजीलाई धार्मिक शहिद घोषणा गर्ने लगायतका सहमति समझदारी भएको हुँदा नै आजसम्म सो घटनाले उग्ररूप नलिएको व्यहोरा पनि निवेदन गर्दछौँ ।
सो सहमतिको कार्यन्वयन सम्बन्धमा जिल्लाका प्रमुख जिल्ला अधिकारीले पत्र गृह मन्त्रालय पठाईसकेको भन्ने बुझिन आएतापनि हालसम्म पीडितका परिवारले राहत नपाएको हुँदा माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छौँ । मिति २०७८÷१०÷१० गते भएको सहमति यथाशिध्र कार्यान्वयन गर्नको लागि पूनः अपिल गर्दछौँ । सुनसरी जिल्लामा केही समय अगाडि मुस्लिम युवाको मृत्यू भएकोमा सरकारले तत्कालै पीडित भनिने पक्षलाई क्षतिपुर्ति दिएको तर हाम्रो हिन्दू युवालाई मारेको घटनामा हालसम्म पनि क्षतिपुर्ति नपाउँदा सरकारको काम निष्पक्ष भयो भनेर मान्न सकिने स्थिति देखिएन् ।
तसर्थ २०७८÷१०÷१० गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफल र सहमति अनुसार स्व. राधेश्याम पटेललाई यथाशिघ्र धार्मिक शहिद घोषणा गरी निजको परिवारले पाउनुपर्ने क्षतिपुर्ति भराईपाउन नेपाल सरकारसँग विश्व हिन्दू परिषद् नेपाल जोडदार माग गर्दछ । उक्त सहमतिमा उल्लेख भएका अन्य कुराहरूलाई अबिलम्ब कार्यान्वयन गरी दोषि उपर कडा भन्दा कडा कार्वाही हुन पनि अनुरोध गर्दछ । सरकारी पक्षबाटै सहमति गराउने तथा कार्यान्वयन नहुने हो भने घटनाले उग्र रूप लिने र सो को जिम्मेवारी नेपाल सरकार नै हुने व्यवहोरा समेत जानकारी गराउँदछौँ ।
जय श्री राम । नेपाल आमाको जय ।।
…………………….
जितेन्द्र कुमार सिंह
(महासचिव)
९८१९१८०६१५