भुटानी शरणार्थीसम्बन्धि ठगी मुद्दामा फरार रहेका नेकपा(एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीको सम्पत्ति अस्वभाविक देखिएको छ । पछिल्लो पाँच वर्षमा उनले करोडौंको सम्पत्ति जोडेको निकटस्थहरू बताउँछन् ।
चार वर्षअघि मात्र उनले खुमलटारमा चार करोड रुपैयाँमा आलिसान घर किनेका थिए । त्यो घर बिचौलिया समूहले नै किनिदिएको स्रोत बताउँछ । जतिबेला भुटानी शरणार्थी प्रकरणमा उनले करोडौं लिएका थिए त्यही आसपास घर किन्नुले ठगीको कनेसक्न सो घरसँग पनि जोडिने देखिन्छ । भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग छोरा सन्दीपको बैंक खातामा उनले पटक पटक पैसा बुझेका थिए । त्यसवापत टोपबहादुरले गृह मन्त्रालयमा गएर सहजीकरण समेत गरिदिएका थिए । उनका छोरा सन्दीप हिरासतमा छन् भने बाबु भने फरार छन् ।
काठमाडौंको सो घर मात्र होइन कपिलवस्तुमा पनि उनको अस्वभाविक सम्पत्ति छ । छोरा सन्दीपले केही वर्षअघि मात्र करोडौं रुपैयाँमा जग्गा किनेका छन् । ‘सन्दीपको स्रोत खुल्ने कुनै व्यापार छैन,’ उनी निकट एक व्यक्ति भन्छन्,‘तर, करोडौंको जग्गा कसरी खरिद गरे अचम्मको विषय छ ।’ अहिले ठगी मुद्दासँगै रायमाझीको सम्पत्तिको अनुसन्धान गर्ने हो भनेर उनको करोडौंको सम्पत्ति स्रोत नखुलेर जफत हुने अवस्था छ । तर, ठगी मुद्दाबाटै जोगाउन दौडधुप चलिरहेको छ ।
यही सम्पत्तिको लतले टोपबहादुर माओवादी छाडेर एमालेमा गएका थिए । त्यसवापत केपी ओलीको सरकारमा उनले उपप्रधानमन्त्रीसहित उर्जामन्त्री पाए । तर जब उनको बास्तबिकता बाहिरियो एमालेले समेत कारबाही गर्यो l यसरी शरणार्थी बनाएर पठाउने नाममा त ठगी गर्नेले उर्जा मन्त्री हुँदा कति भ्रष्टाचार गरे भन्ने सहज अनुमान गर्न सकिन्छ ।
त्यसो शान्ति प्रक्रियामा आएलगत्तै उनी बिचौलियाको संगतमा थिए । हाल पक्राउ परेका सानु भण्डारी र सन्देश शर्मासँग उनको हिमचिम २०६४ सालदेखि नै थियो । उनीहरुमार्फत विगतमा पनि धेरै काम सेटिङमा गरेका थिए । तर, यसपटक पैसा पचाउन सकेनन् । माओवादीमा हुँदा पनि उनी पटक पटक मन्त्री बनेका थिए । १० वर्ष जनयुद्ध लडेका रायमाझी पछिल्लो १७ वर्षमा धनयुद्धमा लागेको उनको सम्पत्ति विवरणबाट प्रष्ट हुन्छ । हाल अधिकांश जनयुद्ध का कमान्डर धनयुद्ध मा लागेका छन जिल्ला जिल्ला का नेताहरुको करोडौको सम्पति रहेको बेला उनि त् पटक पटक मंत्री भएका र छोरा समेत सेटिंग मा माहिर रहेको पात्र परे l