नेपाल प्रहरीका आइजीपी नै बिबादमा आएका छन् सामान्य मानिसले समेत नेपाल प्रहरीमा बढुवाका लागि चलखेल हुनु सामान्य मान्न थालिसकेका छन् । २०७० सालमा सेवा प्रवेश गरेका प्रहरी निरीक्षकहरु बढुवा सूचीमा पर्न शक्तिकेन्द्र धाउने क्रम जारी छ । रोचक र नौलो कुरा चाहिँ बढुवाका लागि पोहोरै शक्तिकेन्द्रहरुमा रकम बुझाएकाहरुमध्ये केही अहिलेको बढुवा सूचीमा नपर्ने सुईंको पाएपछि अत्तालिएका छन् ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् । बढुवाका लागि गृह मन्त्रालयमा माथिबाट फोन घुमाउन लागिपरेका निरीक्षकहरू ‘पैसो अन्त बुझाउने, बढुवा हाम्ले गर्दिनुपर्ने’ भन्ने रुखो जवाफ पाएपछि झसङ्ग भएका हुन् । कांगेस लाइ पैसो बुझाउने अनि बढुवा कम्युनिस्टले गरिदिनुपर्ने नमिल्दो कुरो भएन त ? तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव, पूर्वप्रधानमन्त्री पत्नी र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई विभिन्न च्यानलमार्फत् १५ देखि २५ लाखसम्म बुझाएको दाबी गर्ने केही इन्स्पेक्टरले आफ्नो बढुवा जसरी पनि हुनुपर्ने अड्डी कसिरहेका छन् । तर स्वच्छ छवि निर्माणमा लागेको ५/७ चिज खादिन भनेर दाबी गर्दै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको सामुन्ने केही भन्न सक्ने अवस्थामा उनीहरु र उनीहरुको सेटिंग को केहि चल्ने देखिँदैन ।
बढुवा सूचीमा पर्न आयुषप्रसाद जोशी, अनमोल खड्का, राजेशराज पुरी, ऋषिराम घर्ति, प्रताप पौडेल, बोधराज रेग्मी, अनिल ठकुरी, हिरेन्द्रबहादुर रोकाय, ईश्वरी भण्डारी, योगेन्द्र तिमिल्सिनालगायतले आफूले पैसा बुझाइसकेकाले दायाँबायाँ गर्न नपाइने घुर्कीसहित मन्त्रालय र आइजीपी सचिवालयतिर धाएको स्रोतको दाबी छ ।
“पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा दुई वटा गीत गाएका निर्मल पनेरु अहिले तनावमा छन् । बढुवा सूचीको ४७ नम्बरमा रहेका उनी पनि गत वर्ष जति ढुक्क थिए यो वर्ष देखिँदैनन् । सोही सूचीमा ईश्वरी भण्डारी र योगेन्द्र तिमिल्सिना पनि छन् ।”
ती सबै यसअघि पनि ‘मालदार’ ठाउँमा इन्चार्ज र आधा दर्जन स्थानमा पोष्टिङ भइसकेका पात्र हुन् । प्रहरी स्रोतका अनुसार आयुषप्रसाद बढुवासूचीको ४ नम्बरमा छन् । उनलाई यसअघि घुमुवा प्रहरीको एस्कर्टिङमा भन्सारछलीका सामान यताउता गरेको अभियोग लागिसकेको छ । पैसा बुझाइसकेको दाबी गर्दै आएका का अनमोल खड्काले हालसम्म शक्तिकेन्द्रकै आशिर्वादमा १३ आकर्षक ठाउँमा पोष्टिङ लिइसकेको समकालीनहरु बताउँछन् ।
बढुवा सूचीको ७ नम्बरमा रहेका राजेश पुरी पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पीएसओ बसेका थिए । १० वर्षअघि इन्स्पेक्टरमा भर्ती भएका उनले पनि पोहोरै शक्तिकेन्द्रलाई रिझाएको स्रोतको दाबी छ । त्यस्तै १० नम्बरमा रहेका पाल्पाका ऋषिरामलाई सूचीमा नाम काटिनसक्छ है भन्दै साथीभाइले नै होशियारी अपनाउन सुझाव दिएका छन् ।
१४ नम्बरका कास्कीका प्रताप विशेष ब्यूरोसहित चार स्थानमा इञ्चार्ज भइसकेका छन् । बोधराज १६ नम्बरमा भए पनि त्रासमा बसेको बताउँछन् ।
सूचीको २९ नम्बरमा रहेका इन्स्पेक्टर अनिल बालाजु नयाँ बसपार्कको गोलीकाण्डमा विवादित भएका थिए । वाइसीएल कार्यकर्ता बताउने अविलास तामाङलाई समातेर घुँडामा गोली हानेको आरोप लागेका उनले पनि बढुवाका लागि पोहोरै बल गरेका थिए ।
उता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा दुई वटा गीत गाएका निर्मल पनेरु अहिले तनावमा छन् । बढुवा सूचीको ४७ नम्बरमा रहेका उनी पनि गत वर्ष जति ढुक्क थिए यो वर्ष देखिँदैनन् । सोही सूचीमा ईश्वरी भण्डारी र योगेन्द्र तिमिल्सिना पनि छन् ।
बढुवाका १ सय ४४ आकांक्षीमध्ये गत साउनमा जम्मा २२ जनालाई डीएसपी बनाउने तारतम्य मिलाइएको थियो । तर आकांक्षीको सूची लामो भएकाले बाँकीले विद्रोह गर्नसक्ने सम्भावना रहेको सूचना आएपछि एकाएक बढुवा थाती राखिएको स्रोतको दाबी छ । यस पटक गत वर्षको दोब्बर अर्थात् ४४ जनालाई डीएसपीमा बढुवा गर्ने तयारी छ । त्यतिबेला बढुवा रोकिएपछि पैसो बुझाउनेहरूलाई आकर्षक ठाउँमा सरुवा गराएर टालटुल पारिएको थियो ।