बिल बीजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा

-


     सुचनाको हक     
     जेठ ११ गते २०८० मा प्रकाशित


 बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिति २०८०।०२।०९ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट  BR05GC 3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा बिल बीजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र सो विल बिजक संकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 


अन्दाजी मूल्य रू १७,३९,४४८।- (सत्र लाख उन्नचालीस हजार चार सय अठ्चालीस ) बराबरको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरूसहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।१० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारि दिएको छ  ।