श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डल नेपालमा

-


     सुचनाको हक     
     जेठ ११ गते २०८० मा प्रकाशित


श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोगका आयुक्तहरु र कर्मचारी संग आयोगमा सूचनाको हक कार्यन्वयन बारेमा छलफल गर्यो । साथै नेपालले प्रस्ताव गरेको दुई आयोगहरु बीचको समझदारीपत्र वारेमा श्रीलंका सकारात्मक रहेको र कुटनैतिक माध्यमबाट अगाडी बढाउने सहमति भएको छ ।

श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको कुरा सूचना अभियन्ता दीपक आचार्यले बताउनुभयो ।

टोलीले राष्ट्रिय सूचना आयोगका आयुक्तहरु र कर्मचारी संग आयोगमा सूचनाको हक कार्यन्वयन बारेमा छलफल गर्यो । नेपालको राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम पछी श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डलले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, फ्रिडम फोरम, युएनडिपी, नेपाल बार, सूचनाको हकका लागि राष्ट्रीय महासंघ, गैरसरकारी संस्थासँग भेट गरी सूचनाको हकबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टोलीले धुलिखेल नगरपालिकामा पनि सूचनाको हकको कार्यान्वयनबारे अवलोकन गर्नेछ । राष्ट्रिय सूचना आयोग नेपालले श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोगसँग आपसी समझदारीपत्र प्रस्ताव गरेको छ, नेपालले प्रस्ताव गरेको दुई आयोगहरु बीचको समझदारीपत्र वारेमा श्रीलंका सकारात्मक रहेको र कुटनैतिक माध्यमबाट अगाडी बढाउने सहमति भएको छ । टोलीलाई आयोगका शाखा अधिकृत जीवन कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।