जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीले संवैधानिक र कानूनी प्रावधानबिपरीत कृषि तथा बनकस जडिबुटिको जिल्ला निकासी कर संकलन गर्न ठेक्का लगाउँदा कानूनबमोजिम लिनुपर्ने जमानत नलिई र सम्झौतासमेत नगरी गैरकानूनीरुपमा कर संकलन गर्न लगाएकोले कर संकलन गरी कबोल अनुसारको रकम जिल्ला समन्वय समितिलाई नबुझाई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीबाट नेपालको संविधानको अनुसूची र स्थानीय सरकार कार्य संचालन ऐन, 2074 समेतले कर संकलन गर्न अधिकार नै नदिएको अवस्थामा आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गई आ.व. 2075/076 को लागि कृषि तथा बनकस जडिबुटि जिल्ला निकासी कर संकलन गर्नको लागि सूचना प्रकाशन गरी गराई कानूनबमोजिम बाहेक कर लगाउन र उठाउन नपाउने संबैधानिक एवं कानूनी प्रावधान बिपरीत गलत मनसायबाट कर लगाउने काम गरी तथा लगाएको कर समेत कबोल अनुसार नउठाई ठेकेदार आर.के. कन्स्ट्रक्सनसमेतलाई फाइदा र नेपाल सरकारलाई घाटा पुर्याउने भ्रष्टाचारजन्य कार्यमा संलग्न प्रतिवादीउपर देहायबमोजिमको कसुरमा निम्न अनुसार सजायको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:-
सि.नं | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
तत्कालीन जिल्ला समन्वय प्रमुख गोपालराज भण्डारी | जिल्ला समन्वय समितिको कार्यालय, सुनसरी | रु.८०,५२,०००।– | भ्रष्टाचार निवारण ऐन¸ 2059 को दफा १७ बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा 17 मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन¸ 2059 को दफा 3 को उपदफा (१) र दफा 3 को उपदफा (१) को खण्ड (ज) बमोजिम कैद र जरिबाना गरी हानिनोक्सानी भएको विगो दफा १७ बमोजिम असुल उपर हुन एवं आफ्नो पदीय अधिकार नै नभएको अवस्थामा संबैधानिक र कानूनी प्रावधान बिपरीत कृषि तथा बनकस जडिबुटि जिल्ला निकासी कर संकलन गर्न आफ्नै हस्ताक्षरबाट अभिकर्ता नियुक्तिको पत्र दिई भ्रष्टाचार निवारण ऐन¸ 2059 को दफा 15 बमोजिमको कसुर गरेकोले निजलाई सोही ऐनको दफा 15 बमोजिम कैद र जरिबानासमेत हुन मागदाबी लिइएको छ। | |
तत्कालीन जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई | जिल्ला समन्वय समितिको कार्यालय¸ सुनसरी | – | आफूले पाएको अधिकारभन्दा बाहिरको कार्य गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 15 बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा 15 बमोजिम कैद र जरिबानासमेत हुन मागदाबी लिइएको छ। | |
प्रोप्राइटर राम प्रसाद श्रेष्ठ र आर.के. कन्स्ट्रक्सन इटहरी-८ सुनसरीसमेत | आर.के. कन्स्ट्रक्सन इटहरी-८ सुनसरी | रु.८०,५२,०००।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन¸ 2059 को दफा ८ को उपदफा (४) बमोजिम दण्ड सजाय गरी बिगो जफतसमेत गर्न साथै आर.के. कन्स्ट्रक्सन इटहरी-८ को हकमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा बमोजिम विगो जफत गरी बिगो बमोजिम जरिबानासमेत हुन मागदावी लिइएको छ। | |
प्रतिनिधि कृष्ण बहादुर कटुवाल | आर.के. कन्स्ट्रक्सन इटहरी-८ सुनसरी | रु.८०,५२,०००।– | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन¸ 2059 को दफा ८ को उपदफा (४) बमोजिम दण्ड सजाय गरी बिगो जफत समेत गर्न मागदावी लिइएको छ। |