मिति २०८०/०२/२३ गते अं.२३:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२१ स्थित ई.प्र.का. अम्लेखजंगको अगाडि प्र.ब.ना.नि.को कमान्डमा खटिएको ४ जनाको चेकिङ टोलीले विशेष सूचनाको आधारमा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख २७१९ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा विलविजक भन्दा बढीको भन्सार छलीकाे सामानहरू बरामद गरिएकाे छ ।
सटेस्नरी, टायर, ईलेक्ट्रिक लगायत विभिन्न किरानाका खुद्रा सामानहरु विलविजक भन्दा बढीको बोकेकोले अं. मूल्य रू. ९,२४,०००/- (नौ लाख चौबिस हजार) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज बारामा ल्याई राखेको खबर छ ।
साथै मिति २०८०/०२/२३ गते २१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०७ स्थित ई.प्र.का.जितपुर बाराको अगाडि प्र.ब.ना.नि.को कमान्डमा खटिएको ५ जनाको चेकिङ टोलीले वीरगंजबाट काठमान्डौ जाँदै गरेको ना ३ ख ७८११ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा विलविजक भन्दा बढीको शंकास्पद सामानहरू फेला पारिएकाे छ ।
baby unseable product का सामान (बोतल, साबुन, स्याम्पु, बाम, काईयो, कप, कटन रुई, ब्रस टाउकोमा लगाउने तेल) विलविजक भन्दा बढीको बोकेकोले मूल्य रू. ६८,५५,०१५/- (अठसट्ठी लाख पच्पन्न हजार पन्ध्र) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का.जितपुरमा बारामा ल्याई राखेको प्रहरीले बताएकाे छ ।