जिल्ला प्रहरी कार्यालय पर्सा ले विशेष सूचनाको आधारमा मिति २०८०।०२।२३ गते राति २३:०० बजेको समयमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरूभित्र्याउदै गरेको अवस्थामा बरामद गरेकाे छ ।
बरामद तस्करीका सामानहरूमा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार, तस्करी ती मालबस्तुहरू वेवारिसे अवस्थामा फेला परेकाे रू.६,५४,६८५।– ( छ लाख चौवन हजार छ सय पचासी ) बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरू रहेका छन् । वेवारिसे अवस्थामा फेला परेकाे सामानहरू आवश्यक कारवाहीको लागि जेठ २३ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।