कास्की जिल्लाका प्र.अ. नारायणप्रसाद पौडेलउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

-


     सुचनाको हक     
     जेठ २९ गते २०८० मा प्रकाशित


जिल्ला कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ (साविक धिताल गा.वि.स. वडा नं. ३) मा सञ्चालित श्री कैलाश टेत्सुओ प्राथमिक विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, कास्कीबाट आ.व. २०६७/०६८ मा उक्त विद्यालयको शौचालय निर्माण गर्नका लागि रकम निकासा भएकोमा, सो कामका लागि तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलले उक्त रकम बैकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक-पटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी निजले शौचालय निर्माणको लागि आएको रु.२,००,०००।- र विद्यालयको नाममा रहेको अक्षय कोषको रु.१,१२,०००।- गरी जम्मा रु.३,१२,०००।-  हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भएबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१)  र दफा ३ को  उपदफा (१) को खण्ड (घ) बमोजिम विगो रु.३,१२,०००।- (तीन लाख बाह्र हजार रुपैयाँ) कायम गरी कैद र विगो बमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानीनोक्सानी भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।