अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार झापास्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीलाई ४ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् । उनीहरुले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरे बापत रु ४ लाख घुस सेवाग्राहीबाट मागेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरुलाई अख्तियारको केन्द्र र आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईको कार्यालय कम्पाउन्डबाट नियन्त्रणमा लिएको दाहालले बताए ।