मकवानपुरमा गाँजा ओसारपसारमा संलग्न १२ जना समातिएका छन् । १ सय ९० किलो गाँजासहित प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
१४४ किलो गाँजासहित छ जना र अरु ४७ किलो गाँजासहित थप छ जना गरी १२ जना समातिएका हुन् । सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातमाटेबाट छुट्टाछुट्टै सवारी साधनमा १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातमाटे चेकपोष्टमा ४७ किलो गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय विनोद मण्डल, वीरगञ्ज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पूजाकुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र वीरगञ्ज महानगरपालिका–१४ का ३९ वर्षीय विनोद पासवान हुन् ।
त्यस्तै, डीएल १ जीसी ३०३५ नम्बरको भारतीय ट्रक चालक ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्बरको स्कारपियोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोष गुप्ता, बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतमकुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।