वडा अध्यक्ष सबदुल मियाँउपर घुस लिएको सम्बन्धि आरोप-पत्र दायर

-


     सुचनाको हक     
     असार २१ गते २०८० मा प्रकाशित


जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सबदुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष सबदुल मियाँलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सबदुल मियाँले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टी हुन आएको हुँदा निज सबदुल मियाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.५०,०००।–(पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।